Paschim News

न्यूज क्लब संवाददाता प्रकाशित : २०७५/५/१२ गते

सन् १९७९ मा सोलुखुम्बु जिल्लाको मुक्लीमा जन्मेका निर कुमार थापा एक सफल निर्यात एवं कार्गो व्यवसायी हुन् । उच्च शिक्षा अध्ययनको क्रममा राजधानि काठमाडौं छिरेका थापा छोटो अवधिमा नै नेपालको सफल युवा व्यवसायी बन्न सफल भएका छन् । नेपालको निर्यात व्यावसायको अवस्था, यसको संभावना लगायत उनीद्वारा संचालित बि.एन. इन्टरनेशनल एक्स्पोर्ट एण्ड कार्गो प्रा.लि. (B.N.International Export & Cargo Pvt. Ltd._  को सम्बन्धमा गरिएको कुराकानीको सम्पादित अंशः

 

 तपाईको व्यवसायिक शुरुवाती बारे केही बताईदिनु हुन्छ कि ?

गाउँको स्कुलबाट एसएलसी पास गरेपछि कलेज अध्ययनको क्रममा राजधानि आएको हुँ । कलेज अध्ययनकै क्रममा काम पनि गर्न थाले । काठमाडौंको लैनचौर स्थित सरस्वती बहुमुखी क्याम्पसमा अध्ययनसँगै काम पनि गर्न थालेँ । संयोगबस त्यो समयमा मैले निर्यात र कार्गो व्यावसायमा संलग्न हुन पाएँ । केही समयको अनुभव पश्चात  सन् २००० मा आफ्नै कम्पनी  (B.N.International Export & Cargo Pvt. Ltd._ खोलेर काम अगाडी बढाएँ ।

 

 तपाईलाई सोलुखुम्बुबाट राजधानी आउँदा आजको सफल व्यवसायी हुन्छु भन्ने लागेको थियो ?

सोलुखुम्बुबाट राजधानी आउँदा जीवनको लक्ष्य उच्च शिक्षा प्राप्त गर्ने त्यसपछि जागीर वा व्यापार गर्ने इच्छा थियो । वास्तवमा सानै उमेरबाट आफै केही गर्नुपर्छ भन्ने भावना थियो पछि कलेज अध्ययनको क्रममा काम गर्दै पढ्दै गर्दा व्यावसाय गर्ने संयोग मिल्यो । यसमा मलार्इ सफलता नै मिलेको छु ।

 

 तपाईको व्यवसाय कहाँ छ र यसले कस्ता–कस्ता सामानहरु कुन–कुन देशमा निर्यात गर्छ ?

हाम्रो  B.N.International Export & Cargo Pvt. Ltd._  कम्पनी अन्तर्गत नेपाल र अमेरिकामा अन्य कम्पनीहरु संचालनमा छन् –B.N.International Export & Cargo Pvt. Ltd._ ठमेलमा रहेको छ । यसले नेपाली उत्पादनहरु, कलाकृतिहरु र नेपालमा उत्पादित सामानहरु संसारभर निर्यात गर्छ । हाम्रो मुख्य बजार अमेरिका, युरोप र एशियाका विभिन्न मुलुकहरु छन् । नेपालमा रहेको हिमालय क्लोथिङ (Himalaya Clothing Pvt. Ltd._ ले नेपालमा सामान उत्पादन गर्छ र अमेरिकाको कोलोराडोमा रहेको (Himalaya Handmade LLC_ ले अमेरिकाभर नेपाली सामानहरुको प्रदर्शनी एवं विक्रि वितरण गर्छ ।

 

 नेपाली सामानको निर्यातको अवस्था कस्तो छ ?

तपाईलाई थाहै छ कि नेपालमा हुने बन्द, हड्ताल, लोडसेडिङ्ग जस्ता अनेकन समस्याहरुका बाबजुत पनि हामीले व्यावसाय जारी राखेका छौं । निर्यात व्यावसायको सम्भावना धेरै छ, यदि सरकारले व्यावसायिक वातावरण बनाएको खण्डमा हामीले धेरै राम्रो गर्न सक्छौं । बन्द, हडताल र लोडसेडिङ्गको अन्त्य गरी व्यावसायिक वातावरण बनाएको अवस्थामा नेपालले निर्यात व्यापारमा राम्रो गर्न सक्छ । अहिले पनि युरोप, अमेरिकाबाट हामीले पनि धेरै अर्डर प्राप्त गर्छौं तर नेपालको अवस्थाको कारण माग आपूर्ति गर्ने अवस्था छैन ।

 

 तपाईको कम्पनीको व्यवसायिक मोटो  (Inter prenal Motto_  के हो ?

हाम्रो कम्पनी फेयर ट्रेडमा विश्वास गर्छ यसकारण हामीले निर्यात व्यावसायबाट प्राप्त आम्दानीको केही प्रतिशत सामाजिक कार्य 

– Social Welfare_ मा समर्पण गर्छौ । झण्डै २ दर्जन मानिसहरु हाम्रो कम्पनीमा कार्यरत छन् । उनीहरुको बच्चाहरुलाई निःशुल्क अध्ययनको व्यवस्था गरेका छौं । चितवनमा रहेको –Clinic Nepal_ क्लिनीक नेपाललाई सहयोग गरेका छौं । वार्षिक रुपमा विभिन्न बृद्धाश्रमहरुलाई सहयोग गर्छौं । Corporate Social Responsibility  हाम्रो साझा लक्ष्य हो । 

 

  तपाईको कम्पनीले नेपालमा के–कस्ता अवार्ड प्राप्त गरेको छ ?

(B.N.International Export & Cargo Pvt. Ltd._ नेपालको प्रतिष्ठित व्यावसायिक संगठनहरु Federation of Handicraft Association (FHAN).  (Export Council of Nepal (ECON), Nepal Chamber of Commerce (NCC) /  (Thamel Tourism Development Council (TTDC) सँग आवद्ध रहेको छ । हामीले ती व्यावसायिक संगठनहरुबाट दिईने उत्कृष्ट अवार्ड प्राप्त गरेका छौं ।

 

 तपाई छोटो अवधिमा सफल व्यवसायी हुनुभयो, सफलताको देन केलाई ठान्नु  हुन्छ ?

 

मैले यो अवधिमा जेजति गरे, त्यसमा पूर्ण सन्तुष्ट छैन किनकी व्यापारका धेरै सम्भावनाहरु अझै बाँकी छन् । इमान्दार र लगनशील भएर आफ्ना उत्पादनहरुको क्वालिटी मेन्टेन गरेको खण्डमा सफल बन्न सकिन्छ । त्यसैगरी छिटो, छरितो र सर्वशुलभ रुपमा सेवा पुर्‍याउन सके व्यावसायमा पछि नफकर्न पर्ने रहेछ । राम्रो टीमले धेरै काम गर्न सक्छ ।

 

  तपाई कार्गो व्यवसायी पनि हैन र ?

 

हो, निर्यात व्यावसाय सँगै कार्गो पनि सँगै लगेका छौं । सर्व शुलभ र भरपर्दो रुपमा सामान पठाउने गरेको कारण हाम्रो कार्गो व्यावसायले पनि राम्रो प्रगति गरेको छ ।

 

 तपाईलाई अन्त्यमा भन्न मन लागेको केही छ कि ?

 

नेपाल सम्भावना नै सम्भावना बोकेको मुलुक हो । यहाँ राम्रो व्यवसायिक वातावरण बनाउन सकियो भने विश्व बजार सामु नेपाली उत्पादनहरुलाई पनि संसार भर निर्यात गर्न सकिन्छ र चिनाउन सकिन्छ भन्ने मान्यताका साथ निरन्तर लागि परेको छु र राज्यबाट यस किसिमको वातावरण बनोस् भन्ने अपेक्षा राख्दछु ।

 

प्रतिकृया दिनुहोस्