Paschim News

एजेन्सी प्रकाशित : २०७५/७/२६ गते

सिडनी,(एजेन्सी)
अष्ट्रेलियाका शल्य चिकित्सकहरुले शरिर जोडिएका जुम्ल्याहा दिदीबहिनीलाई छुटाउन सफल भएका छन् ।

भुटानका ति बच्चीहरुको स्वास्थ पुर्ण रुपमा निको हुने तिनीहरुले विशवास व्यक्त गरेका छन् ।

पन्ध्रै महिने निमा र दावा पेल्देनको शरिर जोनिुका साथै साझा कलेजो रहेको थियो ।

मुख्य शल्य चिकित्सक डा. जोय क्रामेरीले छ घन्टा लामो शल्यक्रिया पुर्ण रुपमा सफल रहेको पत्रकारहरुलाई बताएका छन् ।

डा. क्रामेरी भनेका छन् , ‘ तिनीहरुका आमा भुम्चु जान्गमोलाई शल्यक्रिया सफल भएके खवर सुनाउन पाउँदा सार्है खुशी लागेको छ । एक अर्काका मुख आमुने सामुने पारेर हुकेक तिनीहरु एकै साथ बस्न सक्तैनथे ।

गत महिना मात्र उपचारका लागि तिनीहरुलाई आमाका साथ मेलवर्न ल्याइएको थियो । तर शरिरमा पौष्टिक तत्वको सुधारका लागि तिनीहरुको शल्यक्रिया ढिलो गरिएको थियो ।

मेलवर्नको रोयल चिल्ड्रेन्स हस्पिटलमा करिव अठार जना विशेषज्ञको दुई टोलि प्रत्येक एक बच्चीको उपचारमा खटेका थिए ।

तर पनि शल्यक्रिया सकेको अर्को २४ देखि ४८ घन्टा चुनौतिपुर्ण रहने डाक्टरहरुको भनई छ ।

यसरी शिशुहरु को शरिर जोडिएर जन्मनु निकै दुर्लभ घटना हो ।

दुई लाख शिशु जन्म मध्ये एउटा यस्तो घटना घट्ने र त्यसमा करि ४० देखि ६० प्रतिशत शरिर जोडिएका शिशु मृत अवस्थामा जन्मने गरेका छन् ।

विशवभरि नै प्रत्येक वर्ष निकै थोरै संख्यामा मात्र यसरी शरिर छुट्याउन शल्यक्रिया गरिने गरिएको छ ।

प्रतिकृया दिनुहोस्