Paschim News

न्यूज क्लब संवाददाता प्रकाशित : २०७५/८/४ गते

स्कटनेपाल ठट्कमले मृर्गाैला पीडित एक बालिकाका लागि सहयाेग अभियान सञ्चालन गरेकाे छ ।

स्कटनेपालका निरमणी भण्डारीकाे अगुवार्इमा सहयाेग अभियान शुरू गरिएकाे हाे ।  

माेरङ जिल्लाकी १६ वर्षीय बालिका शाेफिया अधिकारी मिर्गाैला पीडित हुन् ।

हाल उनी मानव अङ्ग प्रत्याराेपण केन्द्र भक्तपुरमा उपचाररत रहेकी छिन् ।

उनकाे सहयाेगका लागि बिसिएम नेपालका (परिवर्तनकाे अाधार युवा जनशक्ति मञ्च नेपाल) कि महासचिव सम्झना रार्इकाे संयाेजकत्वमा अभियान शुरू गरिएकाे थियाे ।

संस्थाका अध्यक्ष राेहित कटवाल कुबेतमा रहेर पीडित बालिकाकाे उपचारमा रकम संकलन र सहयाेग कार्य गरिरहेका छन् । साेफियाकाे सहयाेगका लागि बिभिन्न ब्यक्ति र क्षेत्रबाट सहयाेग रकम जुट्ने क्रम जारी रहेकाे छ ।

अमेरिकामा बसाेबास गरिरहनु भएका समाजसेवी हेम थापाबाट पचास हजार रूपैयाँ सहयाेग संकलन प्राप्त भएकाे अभियानका सदस्य निरमणी भण्डारीले जानकारी दिएका छन् ।

त्यस्तै मनिसा तामाङबाट ३,६ सय ६५, जापानबाट इन्दिरा रेग्मीले ५ हजार पाच सय, जापानबाट कमला पाण्डेबाट पाच हजार तथा केही जापानीज नागरिकहरूबाट पनि केही रकम संकलन भएकाे भण्डारीकाे भनार्इ छ ।

समाजसेवी पवित्रा गाैतम तथा गायिका निशा धामीले पाँच  पाँच हजार सहयाेग र कम उपलब्ध गराउनु भएकाे छ ।

समाजसेवी सुदर्शन अाचार्यले स्वास्थ्यसेवा जस्ताे पवित्र कार्यमा सबैकाे सहयाेग  र साथ रहनु पर्नेमा जाेड दिनु भएकाे थियाे 

न्युजक्लब अफ नेपालका अध्यक्ष एवम् समाजसेवी ध्रुवकुमार मैनालीले अाफ्नाे संस्थाकाे तर्फबाट तथा म सम्बद्ध रहेकाे प्याव्सन लगायतका संघसस्थाहरूकाे तर्फबाट सहयाेग कार्य गरिने जानकारी दिनु भयाे ।

बाहिर बसेर एक कप चिया खानु भन्दा बहिनी साेफियाजस्तै पीडितहरूका लागि केही सहयाेग गराैं भन्दै  समाजसेवी पवित्रा गाैतमले सहयाेगी हातहरूलार्इ विशेष धन्यवाद दिनु भएकाे थियाे ।

 

प्रतिकृया दिनुहोस्