Paschim News

न्यूज क्लब संवाददाता प्रकाशित : २०७५/९/२ गते

यतिबेला उपत्यकासहित देशभर जाडो बढ्दै गएको छ ।

जाडो बडेसँगै देशका विभिन्न भेगहरूमा सितलहर पनि लाग्न थालेको छ ।

मौसमविद् राजु प्रधानाङगका अनुसार सोमबार बिहान काठमाडौंको न्युनतम तापक्रम २ दशमलव ५ डिग्री सेल्सियस पुगेको छ ।

सोमबार यो वर्षकै कम तापक्रम मापन गरिएको हो ।

आइतबार काठमाडौंको न्युनतम तापक्रम ३ डिग्री सेल्सियस थियो ।

सोमबार दिउँसो काठमाडौंसहित देशका पहाडी भेगमा आशिक बदली हुने सम्भावना छ ।

पूर्वका उच्च पहाडी र मध्येको उच्च पहाडी भेगमा भने हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

चिसोबाट बालबालिका,बृद्ध,बृद्धा, सुत्केरी महिलाहरूलाई बिशेष रुपमा सजक रहन आग्रह समेत गरिएको छ ।

प्रतिकृया दिनुहोस्