Paschim News

न्यूज क्लब संवाददाता प्रकाशित : २०७५/५/१३ गते

के तपाइलाई थाहा छ, पसीनामा कुनै गन्ध हुँदैन । जब, हाम्रो शरीरको ब्याक्टेरीया पसीनामा मिल्छ र पसीनाबाट गन्ध आउन थाल्छ । शरीरमा पानीको कमी हुनाले पनि शरीरबाट गन्ध आउँछ । यस, बाहेक पसीनाबाट गन्ध आउने अन्य कारण पनि हुन सक्छ ।

 

पसीना आउने अन्य कारणहरु यस्ता छन्ः

 

१) तनावका कारणले धेरै तनावका कारणले गर्दा पनि हाम्रो शरीरमा पसीना आउने गर्छ । यस अवस्थामा शरीरमा कार्टिसोल नामको नामको हर्मोन बन्छ । जसको कारण पसीना आउँछ र शरीरको ब्याक्टेरीया पसीनामा मिल्छ र शरीरबाट गन्ध आउँछ ।

 

२) कपडाको कारणले कुनै कपडाहरु पसीना नसोस्ने खालका हुन्छन् भने कुनै कपडा पसीना सोस्ने खालका हुन्छन् । यदी, तपाईहरुलाई धेरै पसीना आउँछ भने रेसमको कपडा वा पोलिस्छटर जस्ता कपडा प्रयोग गर्नाले पसीनको गन्धबाट बचिन्छ । पसीना नसोस्ने कपडा प्रयोग गर्दा शरीरका ब्याक्टेरीया फैलन थाल्छ र पसीना गनाउने हुन्छ ।

 

३) पर्फूम (अत्तर)को कारणले तपाईहरुलाई अचम्म लाग्दो होला पसीनाको गध्न हराउनेले कसरी गनाउँछ भनेर ? एन्टी ब्याक्टेरीयल गुण नभएको सेन्ट (अत्तर) प्रयोग गर्दा ब्याक्टेरीया फैलन थाल्छ र पसीना गनाउँछ ।

 

४) औषधिको प्रयोग धेरै गर्नाले धेरै मात्रामा औषधि प्रयोग गर्दा पनि यसको असर शरीरको मांसपेसीमा पर्छ र गन्ध आउन थाल्छ । औषधिमा पाइने रासायनिक तत्व र शरीरबाट आउँने गन्ध मिलेर गनाउने हुन्छ ।

 

५) मसलायुक्त खाना धेरै मसला भएको खाना शरीरमा पनि गन्ध आउँछ । शरीरको गन्ध र पसीना मिलेर उनाउँने हुन्छ ।

प्रतिकृया दिनुहोस्