Paschim News

प्रकाशित : २०७५/९/१२ गते

पर्वत जिल्लाको मोदी गाउँपालिकाले नदीजन्य वस्तुको बिक्रीबाट सामुदायिक अस्पताल बनाउने भएको छ।

गाउँ कार्यपालिकाको बैठकले नदीजन्य वस्तुको बिक्रीबाट लगाएको बिक्रीकरबाट सामुदायिक अस्पताल बनाउने निर्णय गरेको हो।

गाउँपालिकाका प्रवक्ता विमल लामिछानेका अनुसार नदीजन्य वस्तुको बिक्रीबाट गाउँपालिकाको वडा नं ६ तिलाहारमा सामुदायिक अस्पताल बनाउने निर्णय गरेको छ।

गाउँपालिकाले चालू आर्थिक वर्र्षदेखि गाउँपालिकाभित्रका नदीमा नदीजन्य वस्तुको उत्खनन्मा कर लगाएको छ। नदीजन्य वस्तुको बिक्रीबाट भएको आन्तरिक आम्दानीबाट गाउँपालिकामा सुविधासम्पन्न अस्पताल बनाउने निर्णय भएको अध्यक्ष लामिछानेले जानकारी दिए।

हाल सञ्चालन भइरहेको ख्यान्जु क्लिनिकलाई अस्पतालको रूपमा विकास गर्ने यसअघि नै गाउँपालिका र क्लििनकबीच सहमति भइसकेको छ। अस्पताल निर्माणका लागि आवश्यक पर्ने भवन निर्माणका लागि आन्तरिक आयको रकम खर्च गर्ने कार्यपालिकाको बैठकमा निर्णय भएको हो। ‘गाउँपालिकाभित्र सुविधासम्पन्न अस्पताल बनाउने योजना अब पूरा हुन्छ’, प्रवक्ता लामिछानेले भने– ‘आन्तरिक स्रोतको हामीले सही सदुपयोग गर्छौं।’

कोरियाको ख्वांजु महानगरको सहयोगमा तीन वर्र्षदेखि सञ्चालित उक्त क्लिनिकमा दैनिक ३० जना बिरामीले उपचार गर्दै आएको समग्र स्वास्थ्य नेपालका अध्यक्ष रुद्र शर्माले जानकारी दिनुभयो। समग्र स्वास्थ्य नेपाल र गाउँपालिकाले त्यसलाई सामुदायिक अस्पताल बनाउने र ५० शøयाको अस्पतालको रूपमा विकास गर्ने योजना बनाएका छन्।

अस्पताल बनाउनका लागि मेडिकल अधिकृतसहित १० जना जनशक्तिसमेत व्यवस्थापन गरिएको संस्थाका बोर्ड सदस्य शिव पौडेलले जानकारी दिनुभयो। गाउँपालिका र कोरियाको ख्वाँजु महानगरको सहकार्यबाट सुविधासम्पन्न अस्पताल बनाउन सम्भव भएको उहाँको भनाइ छ। मंसिर महिनामा क्लिनिकको वार्षिकोत्सव तथा स्वास्थ्य शिविरमा बोल्दै राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले सामुदायिक अस्पताल बनाउन सुझाव दिनुभएको थियो। त्यसका लागि आफूले सहयोग गर्ने प्रतिबद्धता पनि जनाउनुभएको थियो।

गाउँ कार्यपालिकाको सोमबार बसेको बैठकले नदीजन्य वस्तुको उत्खनन्का लागि कार्य विधिसमेत संशोधन गर्ने निर्णय गरेको छ।

गाउँपालिकाभित्र रहेका नदीजन्य वस्तुको उत्खनन् गर्दा त्यसको संरक्षण र संबद्र्धनमा समेत आवश्यक ध्यान दिने गरी गाउँपालिकाले आवश्यक कार्यविधि निर्माण कार्य अगाडि बढाउने गरी तयारी गरिरहेको गाउँपालिकाले जनाएको छ। गाउँपालिकाभित्र रतीखोला, मोदीखोला र पातिखोला रहेका छन्। खोलाबाट ढुंगा, गिटी, बालुवा उत्खनन् गर्न सकिन्छ।

प्रतिकृया दिनुहोस्