Paschim News

न्यूज क्लब संवाददाता प्रकाशित : २०७५/९/१५ गते

राष्ट्रिय एकता दिवस तथा २९७औं पृथ्वी जयन्ती मूल समारोह समितिद्धारा आयोजित एक कार्याक्रममा बोल्दै नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति एवम् संस्कृति विद् डा. जगमान गुरुङले पृथ्वी नारयण शाहको दिब्योपदेशबाट नै चीनमा सांस्कृतिक क्रान्ति भएको बताउनु भएको छ । पृथ्वी नारायण शाहको दिब्यपदेशबाट नै प्रभावित भएर दुई सय वर्ष पछि चीनमा आर्थिक क्रान्ति सम्भव भएको उहाँको भनाई थियो ।

उक्त कार्यक्रममा बोल्दै उपकुलपति तथा संस्कृति विद् डा. गुरुङले जनताको धर्म संस्कारमा पृथ्वीनारायण शाहले कहिल्यै हस्तक्षेप नगरेको र पृथ्वीनारयणकै उपदेशका कारण भारत र चीनले ठूलो  पविर्तन गर्न सकेको बताउनु भयो । र्पथ्वीनारायण शाह एक युग पुरुष भएकाले उहाँको उपदेशलाई ध्यानमा राखेर संविधान निर्माण गर्नु पर्नेमा डा. गुरुङले जोड दिनु भयो ।

त्यस्तै कार्यक्रका अर्का वक्ता तथा नेपाल कम्युनिष्ट पार्टीका नेता भीव रावले पृथ्विी नारायण शाहको त्यतिबेलाको विचार अहिले पनि उतिकै सान्धर्भिक भएको विचार ब्यक्त गर्नु भयो । विदेशमा काम गर्न गएर आएको रेमिट्यान्सले देश नबन्ने बताउँदै कालान्तरमा हुने देश विकासलाई विकास मान्न नसकिने भएकाले आफ्नै देशको स्रोत र साधान प्रयोग गरेर देश विकास गर्नु पर्नेमा जोड दिनु भयो ।

अमेरिकाले आफ्नो सिमानामा पर्खाल लगाउने, भारतले सिमानाका लागि युद्ध गर्ने तर नेपालले आफ्नो सिमाना रक्षाको लागि बोल्दा देशद्रोही हुने ? भन्दै अब देशको सिमाना रक्षाको लागि युवा आवाजलाई साथ दिई राष्ट्रिय भावको जागरण गर्नु पर्नेमा जोड दिनु भयो ।

बेलायतले संसारमा आफ्नो औपनिवेष लागु गरिरहेको बेला पृथ्वी नारायण शाहले देशको सानासाना राज्यहरुलाई एकिकरण गरी देशको राजधानी काठमाडौं र देशको नाम नेपाल भनी स्वीकार गरेका थिए । उहाँले देशको नाम गोरखा भनी नाम नदिई काठमााडैं उपत्यकाको धर्म संस्कारलाई मानेर जनताको कदर गरेकोले पृथ्वीनारायण शाहको नीति अंगिकार गर्ने हो भने हाम्रो गुमेको भूभाग भारतबाट फर्काउन सकिने कार्यक्रमका वक्ताका रुपमा बोल्दै सिमाविद्हरुले आफ्ना विचार राखेका थिए ।

अर्का वक्ता लालबबाबु यादवले देशको अस्तित्व पाँच हजार वर्षदेखी चलिरहेको र अहिले पनि अस्तित्व बाँचिरहेको विचार ब्यक्त गर्दै नीति बनाउने देश विकासको लागि हो र नीति बनाउँदा पृथ्वी नारयण शाहको उपदेशलाई आधार मानेर बनाउनु पर्नेमा जोड दिनु भयो ।

त्यस्तै नेपाली काँग्रेसका नेता डा. रामशरण महतले बोल्दै राम शाहले आफ्नो छोराहरुलाई अंशको रुपमा भाग लगाइदिएका राज्यहरुलाई पृथ्वी नारयण शाहले विस्तारै एकिकरण गरेका थिए । आफ्नो गोत्रका वंशको हत्या गर्नु हुँदैन भन्ने धार्मिक ज्ञानबाट प्रभावित पृथ्वीनारायण शाहले बनारशमा गएर गोत्रसमेत परिवर्तन गर्नु उहाँको ठूलो विशेषता भएको डा. महतको भनाई थियो । विदेशीलाई नेपाल छिर्न नदिनु र नेपाली मुद्रा विदेश नपठाउनु भन्ने उहाँको तत्कालिन आदेशको पालना भएको र नेपालको एकता अखण्ड राख्न सफल भएको डा. महतको भनाई थियो ।

कार्यक्रमका संयोजक भरत बस्नेतले राष्ट्रिया एकता दिवस तथा पृथ्वी जयन्तीमा सरकारले दिदै आएको बिदा कटौती गरेर राष्ट्र निर्माता पृथ्वी नारायण शाहको अपमान गरेको बताउनु भयो ।

 

 

प्रतिकृया दिनुहोस्