Paschim News

न्यूज क्लब संवाददाता प्रकाशित : २०७५/९/१७ गते

‘नेपाली टोपीः हाम्रो गौरव हाम्रो पहिचान’  भन्ने नारासहित छैठौँ नेपाली टोपी दिवस आज मनाईदैछ ।

राष्ट्रिय पहिचानको रुपमा रहेको नेपाली टोपीको संरक्षण र जगेर्ना गर्ने उदेश्यसहित ५ वर्षदेखि अग्रेजी नयाँ वर्षको दिन टोपी दिबस मनाउने गरिएको हो ।

दिवसको अवसरमा जागरुक युवा अभियान नेपाल लगायतका संघ संस्थाले विभिन्न कार्यक्रम आयोजना गरेका छन् ।

राजधानी लगायतका स्थानमा बृहत टोपी प्रर्दशनी हुने कार्यक्रम हुने विभिन्न समूहको प्रतिनिधिले बताएका छन् । युवा पुस्तामा राष्ट्रिय पोशाकको महत्व जानकारी गराउँदै त्यसको प्रयोग र सम्बर्धन गर्न दिवस सुरुवात गरिएको उनिहरूको भनाई छ ।

दिवसलाई विभिन्न संघसंस्थाहरुले भव्यताका साथ मनाईरहे पनि सरकारले यसलार्इ औपचारिक मान्यता भने दिएको छैन् ।

प्रतिकृया दिनुहोस्