Paschim News

न्यूज क्लब संवाददाता प्रकाशित : २०७५/१०/६ गते

‘सृजना हाम्रो हरपल नौलो’ भन्ने मूल नाराका साथा स्थापना भएको साहित्यक संस्था ‘पश्चिमी साहित्यक आवाज’ ले स्मारिका विमोचन लगायत विविध कार्यक्रम भब्यताकासाथ सम्पन्न गरेको छ । माघ ५ गते नेपाल प्रज्ञा प्रतिष्ठान काठमाडौंमा सम्पन्न भएको उक्त कार्यक्रममा विभिन्न स्रष्टाहरुको सम्मान तथा अभिनन्दन गरिएको थियो । ‘कार्यक्रम सभ्य र भब्य रुपमा सम्पन्न भएको छ’  संस्थाका अध्यक्ष असन्तुष्ट जलनले जनभेट साप्ताहिसँग भने,‘सोचे अनुरुप कार्यक्रम सम्पन्न भयो जुन हाम्रो लागि ऐतिहासिक बन्न सफल भयो ।’

कार्यक्रमका प्रमुख अतिथि नेपाली तथा संकृत भाषाविद् तथा साहित्यकार श्री.मुकुन्द शर्मा चालिसे, त्यस्तै बिशिस्ट अतिथीहरुमा प्राडा गार्गी शर्मा, साहित्यकार श्री एसपी आशा र साहित्यकार डा. विदुर चालिसेलाई विशेष सम्मान गरिएको थियो 

त्यस्तै, बरिष्ठ साहित्यकार कलानिधी दाहाल, साहित्यकार महादेव अधिकारी, रमेश पौडेल, भावना न्यौपाने भवानी, मुक्तककार प्रकाश बस्नेत गफाडी लगायत दर्जन बढी साहित्यकार पत्रकारहरू, विभिन्न साहित्य संस्थाबाट नेतृत्वगरि पाल्नुभएका ब्यक्तिहरुलाई सम्मान तथा प्रमाणपत्र प्रदान गरिएको थियो । 

कार्यक्रम समारोहमा दर्जन बढी स्रष्टाहरुबाट रचना वाचन गरिएको थियो भने स्मारिकाको समिक्षा डा.विदुर चालिसेले गरेका थिए । उक्त समारोहमा नेपाली भाषा, कला र  साहित्यको जगेर्ना, संरक्षण तथा सम्बद्र्धनमा उल्लेखनीय योगदान पु¥याउनु हुने तीन स्रष्टाहरु दाङकी कवियत्री भावना न्यौपाने भवानी, काठमाडौका कवि, गीतकार तथा मुक्तककार रमेश पौडेल र कास्की पोखराका बरिष्ठ चित्रकार श्री कृष्ण मरासिनीलाई विशेष सम्मान पत्रले सम्मान गरिएको थियो ।

त्यस्तै पश्चिमि साहित्यक आवाजले आयोजना गरेको लघुकथा प्रतियोगितामा उत्कृष्ट हुने चार स्रष्टाहरुलाई  नगद पुरस्कार सहित प्रमाणपत्रले सम्मान गरिएको थियो । संस्थाकी उपाध्यक्ष अजिता दाहाल क्रान्तिको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रम पश्चिमी साहित्यक आवाजको आधिकारिक फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण समेत गरी विश्वभर नेपाली भाषा र  साहित्यमा विशेष योगदान गरिएको थियो । 

 

प्रतिकृया दिनुहोस्