Paschim News

न्यूज क्लब संवाददाता प्रकाशित : २०७६/३/१२ गते

काठमाडौं । कैलाश मानसरोवर यात्रा गर्ने यात्रीलाई १ लाख सरकारी सहयोग प्राप्त हुने भएको छ ।

भारतको उत्तरा खण्ड राज्यका मुख्यमन्त्री आदित्यनाथले उक्त राज्यका हिन्दू धर्मावलम्बीहरुलाई कैलाश मानसरोवर यात्रामा राहत पुगोस् भनेर सरकारी सहयोग दिने घोषणा गर्नुभएको जनाइएको छ ।

‘शारीरिक रुपमा तन्दुरुस्त छ र कैलाश मानसरोवर जाने इच्छा छ भने सरकारले एक लाख रुपैयाँ सहयोग गर्छ’, मुख्यमन्त्री आदित्यनाथले भन्नुभयो, ‘लखनउमा कैलाश मानसरोवर भवन निर्माणका लागि पनि सरकार तयारीमा जुटेको छ ।

’हिन्दू धर्मको रक्षाका लागि वकालत गर्दै आउनुभएका आदित्यनाथ बाबा गोरखनाथका भक्त हुनुहुन्छ ।

प्रतिकृया दिनुहोस्