Paschim News

न्यूज क्लब संवाददाता प्रकाशित : २०७६/६/२९ गते

काठमाडौं । ‘१३ औं गोदावरी फूलको प्रर्दशनी’ ललितपुरमा हुने भएको छ ।

नेपालीहरुको दोस्रो ठूलो चाड तिहारलाई लक्षित गरेर फ्लोरिकल्चर एशोसिएसन, नेपालले आगामी कार्तिक १ गतेदेखि ४ गतेसम्म ललितपुरको जावलाखेलस्थित खेल मैदानमा प्रर्दशनी आयोजना गर्न लागेको हो ।

गोदावरी फूलको व्यवसाय प्रवद्र्धन गर्ने उद्देश्यका साथ मेला आयोजना गर्न लागिएको एशोसिएसनका उपाध्यक्ष एवम् प्रदर्शनी आयोजक समितिका संयोजक शिवबहादुर खड्काले जानकारी दिनुभयो । ‘रोपेर फूल गोदावरी, सजाऔँ घर आँगन वरिपरी’ भन्ने मूल नाराका साथ आयोजना गर्न लागिएको प्रर्दशनीमा ४९ वटा प्रर्दशनी कक्षहरु रहने एशोसिएसनले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।

प्रर्दशनीमा यस सिजनमा फुल्ने सयपत्री, मखमली तथा अन्य सिजनल फूल बिरुवा समेत समावेश गरिनेछ । नेपालको ४३ जिल्लामा पुष्प खेतीको विस्तार भइसकेको पनि एशोसिएसनले जनाएको छ ।

प्रतिकृया दिनुहोस्