Paschim News

प्रकाशित : २०७६/७/२ गते

काठमाडौं । दोस्राे चरणको राष्ट्रिय ‘भिटामिन ए’अभियान अन्तर्गत ७७ जिल्लामा ६ महिनादेखि ५ पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ए र १ वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि आज  र भाेलि खुवाइँदै छ ।

प्रदेश सरकार र स्थानीय तहसँगको सहकार्यमा देशभर भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन लागिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

आज र भोलि खुवाइने भिटामिन ‘ए’सँगै जुकाको औषधि पनि खुवाइने मन्त्रालयका स्वास्थ्य महाशाखामा कार्यरत सामुदायिक नर्सिङ अधिकृत केसु काफ्लेले जानकारी दिनुभयो ।

जुकाका औषधि एक वर्षमाथि पाँच वर्ष मुनिकालाई खुवाइने तयारी भएको हो ।

भिटामिन ए कार्यक्रमका लागि सबै स्थानीय तहमा कार्यरत ५० हजारभन्दा बढी महिला स्वास्थ्य स्वयंसेविका र स्वास्थ्यकर्मी परिचालित छन् ।

प्रतिकृया दिनुहोस्