Paschim News

प्रकाशित : २०७६/७/५ गते

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले नागढुंगा – सिस्नेखोला सुरुङमार्गको शिलान्यास गर्नुभएको छ ।  सुरुङमार्ग बनाउने निर्णय नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का वरिष्ठ नेता झलनाथ खनाल प्रधानमन्त्री हुँदा भएको रहस्य खुलेको छ ।

खनालले आफू प्रधानमन्त्री भएको बेला २०६७ साल माघ २० गते नागढुंगा – सिस्नेखोला सुरुङमार्ग निर्माणको पहिलो फाइलमा हस्ताक्षर गर्नुभएको थियो । रुङमार्ग बनाउने उहाँको प्रस्तावलाई २७ माघको मन्त्रिपरिषद् बैठकले पारित गरेको थियो । खनालले त्यतिबेला विज्ञहरुसँगको परामर्शमा कलंकी – नागढुंगाको जाम घटाउन उपयुक्त विकल्प खोज्ने क्रममा सुरुङ मार्ग निर्माणको निर्णय गर्नुभएको हो ।

प्रधानमन्त्री ओलीले सोमबार सुरु मार्गको शिलान्यास गर्दै देश विकासको नयाँ युगमा प्रवेश गरेको बताउनुभएको छ। जापान सरकारको सहयोगमा निर्माण गरिने सुरुङमार्गको शिलान्यासका क्रममा प्रधानमन्त्रीले जापान सरकारप्रति आभार व्यक्त गर्नुभयो ।

शिलान्यासमा  सुरुङमार्गका परिकल्पनाकार खनाललाई बोल्न दिइएन

शिलान्यास कार्यक्रममा सुरुङमार्गका परिकल्पनाकार पूर्व प्रधानमन्त्री खनाललाई भने बोल्न दिइएन । कार्यक्रममा, प्रधानमन्त्री, भौतिक योजना तथा निर्माण मन्त्री रघुवीर महासेठ, मन्त्रालयका सचिव तथा निर्देशक सबैले सुरुङमार्गको बारेमा धारणा राखे ।

नेकपाका एक  केन्द्रीय सदस्यका अनुसार कार्यक्रममा झलनाथ खनाललाई बोल्न दिनुपर्छ भन्ने माग भएपनि मन्त्री रघुवीर महासेठले खनाललाई बोल्न रोक्नु भएको हो  ।

प्रतिकृया दिनुहोस्