Paschim News

न्यूज क्लब संवाददाता प्रकाशित : २०७६/७/१७ गते

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ‘इनर्जी इफिसेन्सी’ को क्षेत्रमा काम गर्न सरकारवाला सबै निकायलाई आग्रह गर्नुभएको छ ।

कार्यकारी निर्देशक घिसिङले विद्युतको माग र आपूर्तिलाई सहज ढंगले अघि बढाउन प्राधिकरणले इनर्जी इफिसेन्सीमा जोड दिएको उल्लेख गर्दै त्यसका लागि आवश्यक हुनेगरी पूर्वाधारको विकास गर्न वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रलाई आग्रह गर्नुभयो । ललितपुरमा आइतबार आयोजित सरोकारवाला निकायहरुसँगको छलफलमा भाग लिँदै उहाँले निजी क्षेत्रले इनर्जी इफिसेन्सीको क्षेत्रमा नेपाल विद्युत प्राधिकरणसँग मिलेर काम गर्नुपर्ने प्रस्ताव पनि अघि सार्नुभयो ।

प्राधिकरणले विद्युतको माग र आपूर्तिलाई सहज बनाउन इनर्जी इफिसेन्सीको क्षेत्रमा काम गरिरहेको छ । कार्यकारी निर्देशक घिसिङले त्यसमा सरोकारवाला सबै निकायले सहयोग गर्नुपर्ने बताउनुभयो ।

प्रतिकृया दिनुहोस्