Paschim News

न्यूज क्लब संवाददाता प्रकाशित : २०७६/८/२५ गते

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले चेतनाको अभावका कारण उपभोक्ताहरु ठगिने गरेको बताउनुभएको छ । बजार व्यवस्थापन तथा उपभोक्ता संरक्षणमा संघ, प्रदेश र स्थानीय तहबीचको समन्वय सम्बन्धी अन्तरक्रिया कार्यक्रममा मन्त्री भट्टले यस्तो बताउनुभएको हो ।

उपभोक्ताले कुनै वस्तु खरिद गर्दा उत्पादन भएको र म्याद सकिने मितिको विषयमा जानकारी नै नराख्ने गरेका कारण ठगिको क्रम बढेको मन्त्री भट्टको भनाइ छ । कुनै पनि वस्तु खरिद गर्दा ठगिन सक्ने, स्वास्थ्यमा प्रतिकुल असर पर्न सक्ने जस्ता कुरामा ध्यान दिनुपर्ने उहाँले बताउनुभएको छ । उपभोक्ता हितका लागि बनेको संगठनहरुको प्रकृति र उद्देश्य बुझ्न जरुरी रहेको भन्दै भट्टले यसका लागि सचेतना अभियान गाउँ गाउँसम्म पुग्न जरुरी रहेको उल्लेख गर्नुभयो ।

ठगि गर्ने विरुद्ध पटकपटक हुने दण्ड जरिवानाको प्रकृति एउटै भएका कारण पनि उपभोक्तालाई ठगि गर्ने क्रम नरोकिएको उहाँले जनाउनुभएको छ ।

मन्त्री भट्टले उपभोक्ताको हक संरक्षणका लागि पहिले आफूबाट परिवर्तन हुन सकेमात्रै अरुलाई परिवर्तन गर्न सकिने धारणा व्यक्त गर्नुभयो ।

प्रतिकृया दिनुहोस्