Paschim News

न्यूज क्लब संवाददाता प्रकाशित : २०७६/८/२६ गते

सुर्खेत । स्वास्थ्य संस्थामा प्रसूति गराउन जाने महिलाले पोषणबापत दुई हजार रकम पाउने भएका छन् ।

कर्णाली प्रदेशमा स्वास्थ्य संस्थामा प्रसूति गराउन जाने सुत्केरी महिलालाई ‘सुत्केरी पोषण कोसेली’ नामक कार्यक्रम अन्तर्गत प्रदेशको सामाजिक विकास मन्त्रालयले दुई हजार दिने भएको हो । पोषणबापत पाउने रकमसहित अब स्वास्थ्य संस्थामा गएर सुत्केरी हुने महिलाले ४ हजार ८ सय पाउने भएका छन् ।

महिलाहरुलाई प्रसूतिका लागि स्वास्थ्य संस्थामा आउन प्रोत्साहनस्वरुप यस्तो कार्यक्रम ल्याइएको सामाजिक विकासमन्त्री दल रावलले बताउनुभयो । मन्त्रालयका स्वास्थ्य महाशाखाका जनस्वास्थ्य प्रशासक वृषबहादुर शाहीले कोसेली कार्यक्रमका लागि चार करोड बजेट छुट्याइएको जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस्