Paschim News

न्यूज क्लब संवाददाता प्रकाशित : २०७६/८/२६ गते

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का वरिष्ठ नेता माधव कुमार नेपालले ठेकेदारहरुमा डर हराएका कारण अराजकता बढेको बताउनुभएको छ ।

चाबहिल साँखु सडकखण्डको निरीक्षणपछि बोल्दै नेता नेपालले काम नगर्ने ठेकेदारलाई दण्डभन्दा बढी माफि दिने प्रवृतिका कारण उनीहरुमा डर हराएको र अराजकता बढेको बताउनुभएको हो ।

विश्वका अन्य मुलुकहरुमा काम नगर्नेलाई माफी भन्दा दण्ड सजाय बढी हुने भएका कारण विकास हुने गरेको तर हाम्रो देशमा त्यसको ठिक विपरीत हुने हुँदा निर्माण आयोजनाहरु समयमै सम्पन्न हुन नसकेको उहाँले बताउनुभयो ।

निर्माण शुरु भएको लामो समय वितिसक्दा पनि चाबहिल साँखु सडकखण्ड कालोपत्रे नभएको सन्दर्भमा नेता नेपालले पहिलो पटकलाई माफी दिइएको र अब पनि काम नभए कडा कारबाही हुने चेतावनी समेत दिनुभयो ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङले सरकार भौतिक पूर्वाधारको क्षेत्रमा तिव्र ढंगले विकास गर्न अगाडी बढेको बताउनुभएको छ । सबै तहका जनप्रतिनिधिहरुलाई साथमा लिएर संघीय सरकर रुग्ण आयोजनाहरुलाई यथासिघ्र सम्पन्न गर्ने योजनामा सरकार रहेको उहाँको भनाइ छ ।

प्रतिकृया दिनुहोस्