Paschim News

न्यूज क्लब संवाददाता प्रकाशित : २०७६/९/१ गते

कास्की । कास्की क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सांसद विद्या भट्टराईले जनतासँग गरेका वाचा आफ्नो कार्यकालमा पूरा गर्ने प्रतिवद्धता जनाउनुभएको छ । संसद सचिवालयमा सपथग्रहणपछि पत्रकारहरुसँग कुरा गर्दै सांसद भट्टराईले यस्तो बताउनुभएको हो ।

उहाँले संविधानले निदृष्ट गरेअनुसार संसदमा आफ्नो भूमिका रहने भन्दै तीन वर्षमा नीतिनिर्माण र विकास निर्माणका कामहरु पूरा गर्ने प्रतिवद्धता गर्नुभयो ।

मंसिर १४ गते भएको उपनिर्वाचनमा विजयी हुनुभएकी भट्टराईलाई उपसभामुख शिवमाया तुम्बाहाम्फेले पद तथा गोपनियताको सपथ गराउनुभएको हो । उपनिर्वाचनमा उहाँले २४ हजार ३९४ मत ल्याउनुभएको थियो ।

प्रतिकृया दिनुहोस्