Paschim News

न्यूज क्लब संवाददाता प्रकाशित : २०७६/९/४ गते

काठमाडौं । लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले आयोगलाई विनियोजित बजेट खर्च गर्न स्वतन्त्र अधिकार दिनुपर्ने बताउनुभएको छ । राज्य व्यवस्था तथा सुशासन समितिको शुक्रबारको बैठकमा लोकसेवा आयोग सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक माथिको छलफलमा उहाँले यस्तो बताउनुभएको हो ।

विधेयकको दफा ४७ मा ‘नेपाल सरकारले आयोगको लागि बजेटमा छुट्याएको रकम प्रचलित कानून बमोजिम आयोगले खर्च गर्न सक्नेछ’ उल्लेख गरिएको भन्दै त्यसलाई सच्याउन अध्यक्ष मैनालीले माग गर्नुभयो । उहाँले आयोगले सानो खर्च गर्न पनि अर्थमन्त्रालयको स्वीकृति लिनुपर्ने अवस्था आउने भएकाले दफा ४७ मा उल्लेख भएको विषय सच्याउनुपर्ने उल्लेख गर्नुभयो ।

आयोगको खर्च सम्बन्धी विकल्प खुलाइ विधेयकमा लोकसेवा परिक्षा सम्बन्धी खर्च मात्र गर्ने गरी उल्लेख गर्न सकिने अध्यक्ष मैनालीको भनाइ छ ।

समितिमा रहेका कांग्रेस सांसदहरुले भने यस अघि नै संशोधन प्रस्ताव राख्दै विनियोजित रकम आयोगले निर्धारण गरेबमोजिम खर्च गर्न सक्ने व्यवस्था हुनुपर्ने बताएका थिए ।

प्रतिकृया दिनुहोस्