Paschim News

न्यूज क्लब संवाददाता प्रकाशित : २०७६/९/८ गते

काठमाडौं । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङले मानव बेचविखन तथा महिला हिंसा पीडकको सही पहिचान, अनुसन्धानमा समस्या भएकाले सजायको उचित व्यवस्था हुन नसकेको बताउनु भएको छ ।

राजधानीमा आयोजित पीडित केन्द्रीत वैज्ञानिक अन्तरवार्ता नामक श्रोत सामाग्रीको विमोचन कार्यक्रममा बोल्दै मन्त्री पार्वत गुरुङले मानव बेचविखन तथा हिसां पीडकको सही पहिचान, अनुसन्धान र सजायको उचित व्यवस्था हुन नसक्दा मानव बेचबिखन र महिला हिंसाको घटनामा न्यूनिकरण हुन नसकेको उल्लेख गर्नुभएको हो । मन्त्री गुरुङले घटनाको प्रचार–प्रसार भन्दा पनि न्यूनिकरण प्रति प्रतिबद्धताको खॉचो आवश्यक रहेको औंल्याउनुभयो ।

कार्यक्रममा नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले मानव बेचबिखन र महिला हिंसा राष्ट्रिय समस्या भएको बताउनु भयो । छद्म भेषमा मानव बेचविखन गर्ने पत्ता लगाउनेलाई पुरस्कृत गर्नुपर्ने अध्यक्ष श्रेष्ठको भनाइ छ ।

प्रतिकृया दिनुहोस्