Paschim News

न्यूज क्लब संवाददाता प्रकाशित : २०७६/९/२४ गते

काठमाडौं । नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीले सरकारले लोकतान्त्रिक व्यवस्थामाथि प्रहार गरेको आरोप लगाउनु भएको छ । नेता जोशीले नेपाल विद्यार्थी संघले बिहीबार माइतीघर मण्डलामा आयोजना गरेको विरोध कार्यक्रममा संविधान विरोधी विधेयक ल्याएर लोकतान्त्रिक व्यवस्थामाथि प्रहार हुन थालेको उल्लेख गर्नुभयो ।

‘सरकारका कारण लामो संघर्ष र बलिदानबाट प्राप्त अधिकार खोसिन थालेको छ’ उहाँले भन्नुभयो, ‘लोकतान्त्रिक अधिकार खोसिदै छन् । जनताका अभिव्यक्ति स्वतन्त्रता खोसिने विधेयक आएका छन् ।’

नेता जोशीले सूचना विधेयक फिर्ता नभए त्यो सरकारकै लागि समेत प्रतिउत्पादक हुने बताउनु भयो । विधेयक ल्याएर जनतालाई जिस्क्याउन खोजिएको छ’ उहाँले भन्नुभयो, ‘ विधेयकको नागरिकको अधिकार खोसिनेहरु स्वयम् नासिनेछन् । प्रधानमन्त्रीले काम गरेर जवाफ दिने हिम्मत गर्नुभएन, सामाजिक सञ्जालमा आएको आफूमाथि हुने टिप्पणीलाई नियन्त्रण गर्ने गरी कानून बनाउन खोज्नुभयो ।’

 

कांग्रेसका युवा नेता गगन थापाले सूचना प्रविधि विधेयक अहिलेको अवस्थामा परित भए सरकारका अरिङ्गाल बाहेक कोही बाँकी नरहने  दाबी गर्नुभयाे ।  विधेयक जस्ताको तस्तै पारित भयो सरकारका अरिङ्गाल बाहेक कोही बाँकी रहँदैनन् । ‘नेकपा र अखिलका साथीहरुले बुझे हुन्छ यस्तै भइरहे भीम रावल र रामकुमारी झाँक्री पनि पक्राउ पर्छन्,’ उहाँले भन्नुभयो । सांसद थापाले सूचना प्रविधि विधेयकमाथि सडकदेखि सदनसम्म छलफलगर्न तयार रहेको बताउनु भयो ।

कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडललले नि नागरिकको अधिकार रक्षाका लागि संसदमा सडकको साथ आवश्यक रहेको बताउनुभयो

प्रतिकृया दिनुहोस्