Paschim News

न्यूज क्लब संवाददाता प्रकाशित : २०७५/४/१७ गते

पढ्नु होस दक्षिण कोरियामा के छ त्यस्तो, जसले यस्तो आकर्षण बढाइरहेको छ .

 

दक्षिण कोरिया पूर्ण लोकतान्त्रिक पुँजीवादी मुलुक हो । उदार अर्थतन्त्रकै कारण दक्षिण कोरियाले छोटो समयमै आर्थिक रुपमा ठूलै फड्को मार्न सफल भएको दृष्टान्त हामीमाझ प्रष्ट छ । उदार अर्थतन्त्र भए पनि त्यहाँ श्रमिकका सन्दर्भमा निकै राम्रो व्यवस्था छ । अझ आप्रवासी श्रमिकहरुले त झन् विशेषाधिकार नै पाएका छन् भन्न सकिन्छ । दक्षिण कोरियामा साना तथा मझौला उद्योगहरुमा स्वदेशी कामदार नभेटिएपछि आप्रवासी कामदारको खोजी गरिएको हो ।

 

आप्रवासी कामदारको न्यूनतम पारिश्रमिक स्वदेशी कामदारको तुलनामा १० प्रतिशत बढी हुनुपर्छ भनेर त्यहाँको श्रम कानुनमै उल्लेख गरिएको छ । त्यसपछि कुरा आउँछ किन नेपाली युवाको आकर्षण बढ्यो त भन्ने ? वास्तवमा खाडी मुलुकहरुमा गएर “थ्री डी” काम गर्न बाध्य नेपालीहरुका लागि दक्षिण कोरिया स्वर्ग हो । खाडी मुलुकमा नेपाली युवाहरुले डर्टी (फोहोरी) डेन्जरस (खतरनाक) र डिफिकल्ट (कठिन) काम गरिरहनुपरेको छ । ६० डिग्री सेल्सियसको उखरमाउलो गर्मीमा मासिक न्यूनतम १०–२० हजार रुपैयाँमा श्रम बेच्न बाध्य नेपालीहरुका लागि दक्षिण कोरिया जिउँदै पुगिने स्वर्ग हो । दक्षिण कोरियामा खाने, बस्ने, स्वास्थ्य, जोखिम व्यवस्थापन लगायतका सुविधा छन् । दक्षिण कोरिया सरकारले नै आप्रवासी कामदारका लागि तीन खाले बीमा गरिदिएको हुन्छ ।

 

आम्दानीको कुरा गर्नुहुन्छ भने सुरुका ३ महिना परीक्षण कालमा न्यूनतम ६० हजार रुपैयाँ मासिक आम्दानी हुन्छ भने त्यसपछि मासिक १ लाखको हाराहारीमा न्यूनतम कमाइ हुन्छ । एक जना नेपालीका लागि इपिएस प्रणाली अन्तर्गत ४ वर्ष १० महिना दक्षिण कोरिया बस्ने अनुमति हुन्छ । उसले कम्तीमा पनि ७० लाख कमाउँछ । बढी कमाउनेले १ करोड ५० लाखसम्म पनि पु¥याएका छन् । त्यहाँको हावापानी र मौसम पनि नेपाली जीवनसँग करिब–करिब मेलखाने खालको छ । दक्षिण कोरियामा श्रम सम्बन्धका विषयमा पनि हामी कहाँ अहिलेसम्म कुनै उजुरी परेको छैन । सबैले समयमै तलब पाएका छन् । फेरि तलब नपाउने वा बढी जोखिमयुक्त काममा लगाउने जस्ता गतिविधि भयो भने त्यहाँको लोकल एडमिनिष्ट्रेशन अफिसमा उजुरी गर्दा तुरुन्तै समस्या समाधान भइहाल्छ । अर्काे कुरा यदि कुनै नेपालीलाई कम्पनी मन परेन भने उसले दक्षिण कोरिया बसाइँको ४ वर्ष १० महिने अवधिमा ३ पटकसम्म कम्पनी परिवर्तन गर्न सक्छ ।

 

इपिएस प्रणालीलाई अमेरिकी डिभी पद्धतिमा रुपान्तरित गरियो, भाषा परीक्षा उत्तीर्ण गर्ने सबैलाई दक्षिण कोरिया पठाउने वातावरण मिलाउनुपर्छ भन्दै आन्दोलन पनि भयो नि ?

 

इपिएस प्रणाली अमेरिकी डिभी चिठ्ठा जस्तो भयो भन्ने कुरामा म विलकुलै सहमत छैन । यो आप्रवासी कामदार भित्र्याउने प्रणाली हो र अमेरिकी डिभी भनेको आप्रवासीलाई चिरकालका लागि स्वदेशमा भित्र्याउने कार्यक्रम हो । यी दुईबीच आकाश–पातालको फरक छ । यो प्रणाली चिठ्ठा नभए पनि यसमा हाम्रो प्रत्यक्ष नियन्त्रण भने रहँदैन । हामीले श्रम सम्झौता गर्दा नै दक्षिण कोरियाले भने बमोजिम हुने भनेर स्वीकार गरेका छौं र दक्षिण कोरिया सरकारले पनि निजी क्षेत्रको माग अनुसार नेपाली कामदारको माग गर्ने हो । भाषा परीक्षा पास हुनेबित्तिकै दक्षिण कोरिया जाने कुरा निश्चित हुँदैन् । भाषा परीक्षा भनेको दक्षिण कोरिया जाने प्रक्रियाको पहिलो खुड्किलो मात्रै हो । हामीले प्रवेश पत्रमै पनि लेख्ने गरेका छौं ‘भाषा परीक्षा उत्तीर्ण हुनुले मात्रै दक्षिण कोरिया जाने कुराको सुनिश्चितता गर्दैन’। जहाँसम्म आन्दोलनको कुरा छ त्यो ठीकै पनि हो । तैपनि हामीले केही गरिहाल्ने अवस्था भने छैन । यो हाम्रो नियन्त्रण भन्दा विल्कुलै बाहिरको कुरा हो । भाषा परीक्षापास गरेपछि दक्षिण कोरिया जान पाउनुपर्छ भन्ने मागमा हाम्रो समर्थन छ तै पनि केही गर्ने अवस्था भने छैन ।

प्रतिकृया दिनुहोस्