Paschim News

न्यूज क्लब संवाददाता प्रकाशित : २०७५/४/१७ गते

२३ साउन, काठमाडाैँ । काठमाडाैँ उपत्यकामा दूषित पानी बेच्ने कम्पनीहरूविरूद्ध मुद्दा दर्ता भएको छ । बिक्री वितरण हुँदै आएका जार तथा ‘मिनरल वाटर’मा गुणस्तर समस्या देखिएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले २३ उद्योगविरुद्ध विभिन्न जिल्लाका जिल्ला प्रशासन कार्यालयमा मुद्दा दायर गरेको हो ।

काठमाडौं उपत्यकामा बिक्री वितरण हुने जार तथा बोतलको पिउने पानीमा गुणस्तरको समस्या देखिएको छ। विभागका अनुसार गत आर्थिक वर्ष २०७४/०७५ मा गरेको प्रयोगशाला परिक्षणबाट पानी उद्योगमा त्यस्तो समस्या देखिएको हो। काठमाडौंका ११, ललितपुरका १० र भक्तपुरका २ पानी उद्योगले दुषित पानी बेचेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाको छ ।

यी हुन दुषित पानी बेच्ने उद्योग

प्रतिकृया दिनुहोस्