Paschim News

न्यूज क्लब संवाददाता प्रकाशित : २०७६/९/२८ गते

काठमाडौं । कारोबार मापक नेप्से परिसूचक सोमबार पनि दोहोरो अंकले वृद्धि भएको छ । आइतबार उच्च अंकले वृद्धि भएको बजारले सोमबार पनि त्यही लय पछ्याएको हो । नेप्से परिसूचक सोमबार १५ दशमलव १४ विन्दुले बढेर १ हजार २७० दशमलव ८६ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ३ दशमलव ५५ ले बढेर २७६ दशमलव २८ मा पुगेको छ ।

नेप्सेको उकालो यात्रासँगै कारोबार रकममा समेत उल्लेख्य वृद्धि भएको छ । सोमबार १ सय ८३ कम्पनीका ५५ लाख १८ हजार ६ सय ३६ कित्ता शेयर १ अर्ब ७० करोड ५० लाख ६० हजार ६ सय ६४ रुपैयाँमा बराबर भउको छ। नेप्से र कारोबार रकममा देखिएको वृद्धिसँगै बजार पूँजीकरणमा समेत सुधार आएको छ । नेप्सेका अनुसार सोमबारको बजार पूँजीकरण १६ खर्ब २० अर्ब बराबरको रहेको छ ।

कारोबार भएका १२ उपसमूह मध्ये सोमबार दुई उपसमूहका शेयर ओरालो लागेका छन् । दश उपसमूहका शेयर भने बढेका छन् । उत्पादन २ दशमलव ०६ र लघुवित्त १० दशलव ८९ ले घटेको छ । यस्तै, बैंकिङ १४ दशमव ८१, व्यापार २५ दशमलव १२, होटल १२ दशमलव ५९, विकास बैंक १२ दशमलव ५३, जलविद्युत् ४८ दशमलव ७, वित्त १० दशमलव ८८, निर्जीवन बीमा ३९ दशमलव ०१, अन्य ६ दशमलव ९९, जीवन बीमा ५२ दशमलव ०७ र सामूहिक लगानी कोषको शुन्य दशमव ०४ विन्दुले बढेको छ ।

कारोबारका आधारमा नेपाल दूरसञ्चार कम्पनी लिमिटेड शीर्ष स्थानमा छ । त्यो कम्पनीको ६ करोड ४ लाख ५५ हजार ७ सय ६ रुपैयाँ बराबरको कारोबार भयो । यस्तै नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ५ करोड ९७ लाख १४ हजार १३०, एनआइसि एशिया ५ करोड ५७ लाख ५९ हजार ६१७, प्रभु बैंक ४ करोड ४१ लाख ७५ हजार ८७, एनएमबी बैंक ४ करोड २३ लाख ३० हजार ३६८ र प्राइम बैंक ४ करोड १५ लाख ७० हजार ५८९ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

कारोबारका आधारमा सोमबार घोडीघोडा लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ९ दशमलव ८७ प्रतिशतले कमाउँदा सानिमा माई हाइड्रोपावर ९ दशमलव ८७, चिलिमे जलविद्युत् कम्पनी ८ दशमलव ६७, राधी विद्युत् कम्पनी ८ दशमव ६७, सेन्ट्रल फाइनान्स ७ दशमलव ६९, गुह्यश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स ७ दशमलव ४४ र एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले ७ दशमलव ३० प्रतिशतले आर्जन गरे ।

सिभिल लघुवित्त वित्तीय संस्था ५ दशमलव ९८, गणपति माइक्रोफाइनान्स वित्तीय संस्था ५ दशमलव ७०, विजय लघुवित्त वित्तीय संस्था ५ दशमलव ४७, नयाँ नेपाल लघुवित्त विकास बैंक ५ दशमलव १९, सामुदायिक लघुवित्त वित्तीय संस्था ५ दशमलव १९, समिट लघुवित्त वित्तीय संस्था ४ दशमलव ९६ र जोशी हाइड्रो पावरका लगानीकर्ताले ४ दशमलव ४१ प्रतिशतले गुमाएका छन्।

प्रतिकृया दिनुहोस्