Paschim News

न्यूज क्लब संवाददाता प्रकाशित : २०७६/१०/१ गते

काठमाडौं । माघे सङ्क्रान्तिमा फुरौला, बटुक, सेलरोटी तरुल, तिलको लड्डू र चाकु खाने चलन छ । मासको दाल र चामल मिसाएर नून,बेसार अदुवा घिउ हालेर पकाइने परिकार खिचडी समेत खाने गरिन्छ ।

तरुल सङक्रान्तिको अघिल्लो दिन उसिन्ने चलन छ । तिलको लड्डू र र चाकु भने केही माघे सङ्क्रान्ति आउनु एक महिनाअगावै तयार पारिन्छ । चाकु काठमाडौं उपत्यकाको विभिन्न ठाउँमा बनाइन्छ ।

चाकुसँगै जोडिएको नाम हो टोखा, जुन चाकु उत्पादनको केन्द्रको रुपमा मानिन्छ । पहिले टोखामा मात्रै चाकु उत्पादन गरिन्थ्यो । यद्यपि अहिले जहाँ पनि सजिलै चाकु उत्पादन हुन्छ । तर, मौलिक स्वादको प्रथम रोजाई टोखा नै हो । टोखाका स्थानीय अर्थात् नेवार समुदायलाई माघे सङ्क्रान्तिको लागि चाकु बनाउन भ्याइनभ्याइ हुन्छ । उनीहरु सङ्क्रान्ति आउनु एक महिनाअघि नै त्यसैको चटारोमा हुन्छ्न्।

प्रतिकृया दिनुहोस्