Paschim News

न्यूज क्लब संवाददाता प्रकाशित : २०७६/१०/३ गते

धनुषा । गत शुक्रबार बिहान अवैध उत्खनन्रको विरोध गर्दा कुटपिटपछि ट्रिपरले किचेर हत्या गरिएका जनकपुरको मिथिला नगरपालिकाका युवा दिलीपकुमार महतोका हत्यारालाइ इन्स्पेक्टर रामकुमार यादवले २४ घण्टा नबित्दै पक्राउ गरेका थिए । घटनाको चौतर्फी विरोध भइरहेका बेला इन्स्पेक्टर यादवको नेतृत्वमा ट्रिपर चालक र अन्य २ जनालाइ शुरुमा पक्राउ गरेको थियो । चुरियामाई बालुवा प्रशोधन उद्योग श्रीपुरका क्रसरधनी स्थानीय विपिन महतोले दिलीपको हत्या गराएको आरोप लागेको छ ।

उत्खनन् रोक्न गएका दिलीपको हत्या गरेको आरोपमा क्रसरधनी विपिन, लोडर चालक महोत्तरी बर्दिबास नगरपालिका–१२ बिजलपुराका जितेन्द्रकुमार महतो र बर्दिबास नगरपालिका–९ पशुपतिनगरका टिपर चालक मुनिन्द्र महतो र दिलीपका साथी श्रीपुरका रोशन यादवलाई प्रहरीले पक्राउ गरेको थियो ।

ट्रिपरले किच्नुअघि विपिनले पहिले दिलीपसँग झगडा गर्दै लिभरले कुटेका थिए । चौतर्फी आन्दोलन चर्काएका पीडितले इन्स्पेक्टर यादवको सक्रियताले हत्यारालाई पक्राउ गरेपछि त्यहाँका स्थानीयले राहतको महशुस गरेका छन् ।  आन्दोलन केही हदसम्म साम्य भएको थियो । घटनामा प्रहरीकै मिलोमितो रहेको अवाज उठ्न थालेपछि इन्स्पेक्टरर यादवलाई जिल्ला बोलाएका थिए । पछि यादवले २४ घण्टा नबित्दै सबै आरोपलाई पक्राउ गरेपछि, पुनः इलाका कार्यालय ढल्केवर फिर्ता काजमा पठाएका थिए । धनुषा जिल्ला प्रहरीमा हुँदा कुशल ठानिएका  यादवकाे फेरि  प्रशंसा भएकाे छ  ।

घटनाकै दिन जनता टेलिभिजनको मैथिली समाचारमा जानकारी गराउँदै घटना शंकास्पद रहेको भनेका थिए ।  यो घटना संलग्न कसैलाई नछोडने प्रतिवद्वता पनि जनाएका थिए । त्यसको २४ घण्टामै सबैलाई उनले पक्राउ गरेका थिए ।

पछिल्लो समय भएका आपराधिक घटनामा प्रहरीले अनुसन्धान लम्ब्याउँदा चौतर्फी आलोचना भएको हुने गर्थ्यो । तर धनुषाको घटनामा प्रहरीको सक्रियता र इन्स्पेक्टर यादवको सक्रियताको चौतर्फी प्रशंसा भइरहेको छ ।

प्रतिकृया दिनुहोस्