Paschim News

न्यूज क्लब संवाददाता प्रकाशित : २०७६/१०/५ गते

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले नेता अग्नि सापकोटालाई प्रतिनिधिसभाको सभामुख उम्मेदवार बनाउने निर्णय गरेको छ ।नेकपाका सचिवालयको आइतबारको बैठकले सापकोटालाई सभामुख बनाउने निर्णय गरेको हो ।

नेकपाले अध्यक्ष पुष्पकमल दाहालको अडानका कारण सापकोटालाई सभामुख उम्मेदवार बनाएको हो । सचिवालय बैठक बस्नुअघि सभामुखको उम्मेदवार टुंग्याउन अध्यक्षद्वय केपी ओली र दाहालबीच छलफल भएको थियो । छलफलमा दाहालले सभामुखका आकांक्षीहरु मध्ये सापकोटाको पक्षमा अडान लिनुभएको थियो ।

सचिवालय बैठकले सापकोटाको नाम अनुमोदन गरेको छ । सापकोटा सिन्धुपाल्चोकबाट प्रतिनिधिसभा सदस्य हुनुहुन्छ । नेकपामा दाहालका विश्वास पात्रको रुपमा चिनिनु भएका सापकोटा द्वन्द्वकालमा माओवादी पक्षबाट वार्ता टोलीमा हुनुहुन्थ्यो । राजनीतिमा आउनुअघि उहाँ शिक्षक हुनुहुन्थ्यो ।

प्रतिकृया दिनुहोस्