Paschim News

न्यूज क्लब संवाददाता प्रकाशित : २०७६/१०/१२ गते

चीन । चीनका राष्ट्रपति सी जिनपिङले नयाँ कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिरहेको बताउनुभएकाे छ ।

चिनियाँ नयाँ वर्षको बिदाका बेला सरकारको विशेष बैठक गरेका राष्ट्रपति सीले त्यसपछि कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिरहेको बताएका हुन् ।

उच्च अधिकारीसँग राष्ट्रपति सीले देशमा अहिले कोरोना भाइरसको संक्रमणका कारण अति गम्भीर अवस्था आएको बताएका छन् । कोरोना भाइरसको संक्रमणका कारण हालसम्म चीनमा कम्तिमा ४२ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा अधिकांश वुहानका बासिन्दा छन् ।

नयाँ कोरोना भाइरसको संक्रमणका कारण ज्वरो आउने, सुक्खा खोकी लाग्ने, स्वास फेर्न गाह्रो हुने गर्छ ।

प्रतिकृया दिनुहोस्