Paschim News

न्यूज क्लब संवाददाता प्रकाशित : २०७६/१०/१८ गते

काठमाडाैं । उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेलले देश र जनतालाई झुक्याएर अबको राजनीति अघि नबढ्ने बताउनुभएको छ ।

शनिबार चुनदेवी क्षेत्र विकास समितिको भवन उद्घाटन तथा वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री पोखरेलले जनप्रतिनिधिहरुले जनताको सल्लाह र सहयोगमा सर्वमान्य विकास निमार्णको काम गर्नु पर्ने बताउनुभयो ।

मन्त्री पोखरेलले देश, समाज र जनताका लागि राम्रो काम गर्ने जोसुकै भए पनि खुलेर प्रशंसा गरी विकासलाई अघि बढाउनु पर्ने बताउनुभयो ।

प्रतिकृया दिनुहोस्