Paschim News

न्यूज क्लब संवाददाता प्रकाशित : २०७६/१०/१२ गते

काठमाडाैं । प्रतिनिधिसभाले नेतृत्व पाएको छ । चार महिनादेखि नेतृत्वविहीन प्रतिनिधिसभाले आइतबार सभामुख पाएको हो ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य अग्नि सापकोटा सभामुखमा बन्नुभएको छ । सिन्धुपाल्चोक जिल्लाबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्नुभएका सापकोटा सभामुखमा निर्विरोध चयन हुनुभएको हो ।

सभामुखमा अन्य उम्मेदवारी नपरेपछि उहाँ निर्विरोध हुनुभएको हो ।

प्रतिकृया दिनुहोस्