Paschim News

न्यूज क्लब संवाददाता प्रकाशित : २०७६/१०/२३ गते

काठमाडाैं । काेराेना भाइरसकाे संक्रमण फैलिएकाे चीनकाे वुहानबाट ल्याइने नेपालीलाई काठमााडाैंकाे शिवपुरीमा राखिने भएकाे छ ।

बिहीबार राजधानीमा भएकाे पत्रकार सम्मेलनमा सूचना तथा प्रविधि मन्त्री गाेकुल बास्काेटाले वुहानबाट ल्याइन लागेकाे नेपालीहरूलाई काठमाडाैंकाे शिवपुरी, इचंगुनारायण तथा भक्तपुरकाे खरीपाटी र सुर्यविनायकमा राखिने बताउनुभएकाे हाे ।

उनीहरूलाई राख्नका लागि चार स्थानमा क्वारेन्टाइन स्थल बनाउने तयारी गरिएकाे मन्त्री बास्काेटाले बताउनुभयाे । सरकारले उनीहरूलाई भक्तपुरमा राखिने बताइरहँदा भक्तपुरका बासिन्दाले भने विराेध गरेका छन् । क्वारेन्टाइन स्थल बनाउने बारेमा  प्रधानमन्त्रीले साेही स्थानका लागि निर्देशन भएकाले त्यही स्थानमा उनीहरूलाई राख्ने तयारी भएकाे बास्काेटाकाे भनाइ छ ।

यताकाे सम्पूर्ण तयारी पूरा गर्न केही समय लाग्ने भएकाले चीनमा रहेका नेपालीहरूलाई संयमता अपनाउन र धैर्यधारण गर्न बास्काेटाले आग्रह गर्नुभयो ।

प्रतिकृया दिनुहोस्