Paschim News

न्यूज क्लब संवाददाता प्रकाशित : २०७६/११/९ गते

काठमाडाैं । आज कृष्ण चतुर्दशी । देशका शिवालयहरुमा पूजा आराधना गरी महाशिवरात्रि पर्व आज दिनभर मनाइदै छ । आज बिहानैदेखि हिन्दू धर्मावलम्बीहरु नदी, कुण्ड र तलाउनमा स्नान गरी शिवालयमा गएर पूजा आराधना गर्ने गर्दछन् ।

काठमाडौंको पशुपतिनाथमा हजारौँ दर्शकहरुको भीड लागेको छ । बिहान तीन बजेदखि पशुपतिका चारवटै ढोका खुला गरिएको थियो । दर्शनका लागि चारवटै ढोकाबाट मिल्ने गरी लाइनबाट मन्दिरसम्म पुर्याउने व्यवस्था गरिएको छ । त्यहाँ सुरक्षा व्यवस्था समेत कडा बनाइएको छ । विगतका वर्षभन्दा यो वर्ष राम्रो व्यवस्थापन रहेको दर्शनार्थीले प्रतिक्रिया दिएका छन् ।

पुराणमा कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि गरी चार प्रमुख रात्रिको महत्व वर्णन गरिएको छ । यीमध्ये पनि फागुन कृष्ण चतुर्दशीमा मनाइने शिवरात्रिको विशेष महत्व रहेको छ । शिवरात्रिका अवशरमा भक्तजनहरुले शुद्ध भई शिव मन्दिरमा पूजा अर्चना गरी व्रत बस्ने र भगवान शिवको प्रिय वस्तु, दूध, धतुरो र बेलपत्र चढाउने गर्दछन् ।

आजको दिन भगवान महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठमन्दिरमा दाउरा मागेर धुनी बनाइ भजन कीर्तनका साथ सोही आगोमा प्रसाद बनाई ग्रहण गर्ने गरिन्छ ।

प्रतिकृया दिनुहोस्