Paschim News

न्यूज क्लब संवाददाता प्रकाशित : २०७६/१२/१२ गते

काठमाडौं । अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट एकजना नेपालीको निधन भएको छ ।

युएसनेपालपोष्टमा प्रकाशित समाचार अनुसार न्यूयोर्कको कुइनिस्थित ज्याक्सन हाइटमा बस्ने ५० वर्षीय अनिल लिब्बुको कोरोना भाइरस संक्रमणका कारण निधन भएको हो ।

मधुमेहका साथै उच्च रक्तचापका दीर्घ रोगी लिम्बुलाई एक साताअघि ज्वरो आउने तथा टाउको दुख्ने भएपछि उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । उनको रिपोर्टमा कोरोना भाइरस संक्रमण भएको रिपोर्ट आएको बताइएको छ ।

संघन उपचारमा उपचाररत लिम्बुको मंगलबार निधन भएको समाचारमा जनाइएको छ । २० वर्षदेखि अमेरिकामा बसोबास गर्दै आएका लिम्बु पाँचथरका स्थायी बासिन्दा भएको नेपाल अमेरिका जनसम्पर्क समिति अमेरिकाका महासचिव मुनेन्द्र नेम्बाले जानकारी दिएको छन् ।

कोरोना भाइरस संक्रमणका कारण विदेश्मा निधन हुने उनी दोस्रो नेपाली हुन् । यसअघि एकजनाको बेलायतमा निधन भइसकेको छ ।

प्रतिकृया दिनुहोस्