Paschim News

न्यूज क्लब संवाददाता प्रकाशित : २०७६/१२/१३ गते

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले कोरोना भाइरस (कोभिड–१९ ) संक्रमणको उपचारमा सक्रिय चिकित्सक, स्वास्थ्यकर्मी र प्राविधिकलाई (कोभिड–१९ ) आवश्यक पर्ने सामाग्री उपलब्ध गराउने प्रतिवद्धता जनाउनु भएको छ । प्रधानमन्त्रीले बिहीबार ट्वीटमार्फत त्यस्तो प्रतिवद्धता जनाउनु भएको हो ।

‘हाल मौज्दात सामाग्रीको आधिकारिक प्रयोगबाट परीक्षण र उपचारमा सामेल होऔं’ उहाँले ट्वीटमार्फत भन्नुभएको छ– तपाईहरुकै सिफारिसका थप सामाग्री उपलब्ध हुँदैछन्, धैर्य गरौं ।’

प्रधानमन्त्रीले कोरोनाको सबै एकजुट भएर सामाना गर्न समेत आव्हान गर्नुभएको छ । ‘कोभिड–१९ को एक जुट भएर सामाना गरौ, सरकार तपाईहरुसँगै छ चिन्तित नहोऔंं’ ट्वीटमा उल्लेख छ ।

 

प्रतिकृया दिनुहोस्