Paschim News

न्यूज क्लब संवाददाता प्रकाशित : २०७६/१२/१७ गते

काठमाडौं । सरकारले कोरोना भाइरस संक्रमणको बेला खटिने सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, स्वयंसेवक र फोहोरमैला व्यवस्थापन गर्ने मजदुरको निशुल्क बीमा गर्ने भएको छ ।

सरकारले कोरोना संक्रमणको रोकथाम, नियन्त्रण र उपचारमा संलग्न हुने चिकित्सक, नर्स, स्वास्थ्य प्राविधिक, महिला स्वास्थ्य स्वयम सेविका, स्वयमसेवक तथा सरसफाईमा संलग्न हुने श्रमिक, एम्बुलेन्स चालक र प्रत्येक्ष रुपमा संलग्न हुने सुरक्षाकर्मीलाई २०७७ असार मसान्तसम्मका लागि २५ लाख सम्मको निशुल्क बीमा गर्ने र त्यसबेला जीवन गुमाए उनका परिवारलाई राहत व्यवस्था गर्ने भएकाे छ ।

त्यसको साथै उपचारको क्रममा आवश्यक पर्ने व्यक्तिगत सुरक्षा सामग्री निशुल्क उपलब्ध गराउने व्यवस्था मिलाउने भएको छ । सरकाले निजी स्वास्थ्य सेवा संस्थालाई आवश्यक स्वास्थ्य उपकरणको आपूर्तिको सुनिश्चित गरी आफ्ना सबै प्रकारका स्वास्थ्य सेवा सुचारु राख्न र आफ्ना सबै प्रकारको सेवा शुल्कमा चैत मसान्त सम्मको बिल बमोजिमको रकममा २० प्रतिशत छुट दिने व्यवस्था मिलाउन भनेको छ ।

 

प्रतिकृया दिनुहोस्