Paschim News

न्यूज क्लब संवाददाता प्रकाशित : २०७६/१२/१८ गते

काठमााडौं । काठमाडौं महानगरपालिकाले सार्वजनिक रुपमा मन्दिरहरुमा रहेका पशुपंक्षीका लागि आहारको व्यवस्था गर्न लागेको छ ।

कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि सरकारले मुलुकभर लकडाउनको घोषणा गरेपछि सार्वजनिक स्थलमा रहेका पशु तथा पंक्षीहरु खान नपाएर मर्ने अवस्थामा पुगेपछि महानगरले आहारा व्यवस्था गर्न लागेको महानगरपालिकाले जानकारी दिएको छ ।

अरुबेला सार्वजनिक रुपमा आवतजावत गर्ने मानिसले दिएको खाएर पेट पाल्ने पशुपंक्षीले लकडाउन भएपछि भोकै मर्न लागेकाले तिनीहरुको बाँच्न पाउने अधिकार सुनिश्चित गर्दै नगरप्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा आहारको व्यवस्था गर्ने निर्णय गरेको छ ।

वडाकार्यालयमा पठाएको रकमबाट खर्च गर्नेगरी आहारको व्यवस्था गर्न लागेको प्रमुख शाक्यले बताउनुभयो । शाक्यले भन्नुभयो,’राहत वितरणलगायत कार्यका लागि केन्द्रले यसअघि नै ठूला वडालाई चार लाख, मझौला वडालाई तीन लाख र साना वडालाई थप निकासा दिएको छ, आवश्यक प¥यो भने पुनः थप गर्ने निर्णय भएको छ ।’

प्रतिकृया दिनुहोस्