Paschim News

न्यूज क्लब संवाददाता प्रकाशित : २०७६/१२/१९ गते

काठमाडौं । कोरोना भाइरसको संक्रमण फैलन नदिन सरकारले ‘लक डाउन’ घोषणा गरेको नवौं दिन बुधबार बिहानै प्रहरीले ठूलो संख्याका सवारी साधनलाई कारबाही गरेको छ । प्रहरीले उपत्यकामा बिहानै ‘लक डाउन’ उल्लंघन गर्ने १ हजार भन्दा बढि सवारी साधनलाई कारबाही गरेको हो ।

सरकारले अत्यावश्यक काम बाहेक अनावश्यक घरबाहिर ननिस्कन गरेको अनुरोधलाई वेवास्ता गरी सडकमा सवारीसहित निस्केकाहरुलाई कारबाही गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार यसरी कारबाहीमा पर्नेमा ८ सय जना पुरुष र २०० जना महिला रहेका छन् । ‘लक डाउन’ उल्लंघन गर्ने ३०० वटा सवारी साधन समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

पक्राउ परेका सर्वसाधारणलार्ई २ घण्टासम्म सडकमै उभ्याएर खुला हिरासतमा राखिने र सवारी साधनलाई १ दिन होल्ड गर्ने सम्मको कारबाही गरिने प्रहरीले जनाएको छ । प्रहरीले अनावश्यक घर बाहिर ननिस्कन सर्वसाधारणलाई निरन्तर आग्रह गरिरहेको छ ।

प्रतिकृया दिनुहोस्