Paschim News

न्यूज क्लब संवाददाता प्रकाशित : २०७६/१२/२३ गते

काठमाडौं । चीनबाट शुरु भएको कोरोना भाइरस संक्रमणले विश्वभर महामारीको रुप लिएको छ ।

संक्रमणबाट अहिलेसम्म १२ लाख ३ सय १९ जना प्रभावित भएका छन् । संक्रमितमध्ये ६४ हजार ६ सय ६७ ले ज्यान गुमाएका छन् ।

त्यस्तै २ लाख ४६ हजार १ सय ७४ जना निको भई घर फर्किएका छन् ।

२ सयभन्दा बढी देशमा फैलिसकेको यस भाइरसले अमेरिका, इटाली, स्पेन, चीनलगायतका देशका मानिसलाई बढी प्रभावित पारेको छ ।

नेपालमा अहिलेसम्म संक्रमितको संख्या ९ जना पुगेका छन् । ८ जना विदेशबाट फर्किएका नेपालीमा संक्रमण देखिएको हो भने एकजना विदेशबाट आउनेबाट संक्रमणमा परेका हुन् ।

विश्व स्वास्थ्य संगठनले पछिल्लोपटक गरेको अध्यावधिक अनुसार भाइरस संक्रमणबाट सबैभन्दा बढी इटालीमा १५ हजार ३ सय ६२ जनाको ज्यान गएको छ । त्यस्तै अमेरिकामा सबैभन्दा बढी ३ लाख ९ हजार ७ सय २८ मा संक्रमण भएको छ ।

प्रतिकृया दिनुहोस्