Paschim News

न्यूज क्लब संवाददाता प्रकाशित : २०७६/१२/२६ गते

काठमाडौं ।  विश्वका २ सय ८ देशमा फैलिइसकेकाे काेराेना भइरसकाे संक्रमणले मानिसकाे ज्यान जाने क्रम बढिरहेकाे छ । कोरोना भाइरसको महामारी सारा विश्वले नै झेलिरहेको छ । विश्वका लागि स्वास्थ्य चुनौती बनेको कोरोना भाइरसका कारण विश्वका अधिकांश मानिस घरिभत्रै बस्न बाध्य छन् ।

पछिल्लो अपढेट अनुसार भाइरस संक्रमणका कारण ज्यान गुमाउनेको ८२ हजार ८५ काे पुगेकाे छ ।

विश्वभरमा  १४ लाख २५ हजार ८  सय ३७ जना संक्रमित भएकाे पुष्टि भइकेकाे छ । संक्रमित मध्ये ३ लाख १ हजार ८ सय २५ जना उपचारपछि पूर्ण स्वस्थ भई घर फर्किएका छन् । उपचारमा रहेका करिब ११ लाखभन्दा बढीको स्वास्थ्य अवस्था खतरामुक्त नभएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

कोरोना भाइरसबाट सयुक्त राज्य अमेरिका सबैभन्दा बढी संक्रमित भएको छ । अमेरिकामा अहिलेसम्म ३ लाख ९५ हजार ६ सय १७ जना संक्रमित भएका छन् । त्यस्तै १२ हजार ७ सय ९५ जनाको संक्रमणबाट ज्यान गएको छ भने २१ अजार ६ सय ७७ जना उपचारपछि पूर्ण स्वस्थ भई घर फर्किएका छन् ।

अहिलेसम्म इटलीमा सबैभन्दा बढीको ज्यान गएको छ । अहिलेसम्म भाइरस संक्रमणबाट मृत्यु हुनेका संख्या १७ हजार १ सय २७ पुगेको छ भने २४ हजार ३ सय ९२ जना उपचारपछि पूर्ण स्वस्थ भई घर फर्किएका छन् । उपचारमा रहेका संक्रमित मध्ये ३ हजार ७ सय २७ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

चीनमा ८१ हजार ७ सय ४० जनामा संक्रमण देखिएकाेमा ७७ हजार १ सय ६७ जना उपचारपछि पूर्ण स्वस्थ भइ घर फर्किएका छन् । ३३ हजार ३ सय ३१ जनाले ज्यान गुमाएकाे चीनमा २  सय ११ जना अझै गम्भीर अवस्थामा रहेकाे जनाइएकाे छ ।

प्रतिकृया दिनुहोस्