Paschim News

न्यूज क्लब संवाददाता प्रकाशित : २०७७/१/६ गते

काठमाडौं । विगत २४ घण्टामा काेराेनाभाइरस संक्रमितकाे संख्या ८५ हजार ६ सय ७० पुगेकाे छ । ८ हजार ६ सय ५३ जनाले ज्यान गुमाएका छन् ।

विश्वका लागि स्वास्थ्य चुनौती बनेको कोरोना भाइरसका कारण विश्वका एक चाैथाइ मानिस घरिभत्रै बस्न बाध्य छन् । विश्व स्वास्थ्य संगठनकाे पछिल्लाे अपडेट अनुसार काेराेना संक्रमणबाट १ लाख ५४ हजार १ सय २६ जनाकाे मृत्यु भइसकेकाे  छ ।

विश्वभरमा  २२ लाख ४८ हजार ३७ जना संक्रमित भएकाे पुष्टि भइकेकाे छ । संक्रमित मध्ये ५ लाख ७० हजार ५ सय ९२ जना उपचारपछि पूर्ण स्वस्थ भई घर फर्किएका छन् । उपचारमा रहेका करिब १७ लाखकाे स्वास्थ्य अवस्था खतरामुक्त नभएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

कोरोना भाइरसबाट सयुक्त राज्य अमेरिका सबैभन्दा बढी संक्रमित भएको छ । अमेरिकामा अहिलेसम्म ७ लाख ९ हजार २ सय  ९ जना संक्रमित भएका छन् । त्यस्तै ३७ हजार  १ सय १५ जनाको संक्रमणबाट ज्यान गएको छ भने ५९ हजार ९ सय ९७ जना उपचारपछि पूर्ण स्वस्थ भएर घर फर्किएका छन् । १३ हजार ५ सय ९ जना संघन रूपमा उपचार गराइरहेका विश्व स्वास्थ्य संगठनले जानकारी दिएकाे छ । अहिलेसम्म भाइरसकाे संक्रमणबाट अमेरिकामा सबैभन्दा बढी ज्यान गएकाे छ ।

काेराेना भाइरस संक्रमणका कारण ज्यान गुमाउनेमा इटली दाेस्राे स्थानमा रहेकाे छ । अहिलेसम्म भाइरस संक्रमणबाट मृत्यु हुनेका संख्या २२ हजार ७ सय ४५ पुगेको छ भने ४२ हजार ७ सय ४७ जना उपचारपछि पूर्ण स्वस्थ भई घर फर्किएका छन् । उपचारमा रहेका संक्रमित मध्ये २ हजार ८ सय १२ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

चीनमा ८२ हजार ६ सय ९२ जनामा संक्रमण देखिएकाेमा ७७ हजार ९ सय ४४ जना उपचारपछि पूर्ण स्वस्थ भइ घर फर्किएका छन् । ४ हजार ६ सय ३२ जनाले ज्यान गुमाएकाे चीनमा ८९ जना अझै गम्भीर अवस्थामा रहेकाे जनाइएकाे छ । विगत २४ घण्टामा चीनमा काेराेना संक्रमणाका कारण कसैकाे पनि ज्यान नगएकाे भएपनि गणनामा भूल भएकाे भन्दै ज्यान गुमाएका १२ सय भन्दा बढीकाे तथ्याङ्क सार्वजनिक गरिएकाे छ ।

नेपालमा अहिलेसम्म ३० जनामा संक्रमण देखिएकाे छ, जसमा २८ जना भारतलगायत विदेशबाट नेपाल भित्रिएका छन् भने एकजनामा नेपालमै संक्रमण देखिएकाे छ । एकजना पूर्ण स्वस्थ भई घर फर्किएका छन् भने बाँकी २९ जनाकाे विभिन्न अस्पतालमा उपचार भइरहेकाे छ । शुक्रबार मात्रै नेपालमा १४ जना नयाँ संक्रमित फेला परेका थिए जसमा १२ जना भारती छन् ।

प्रतिकृया दिनुहोस्