Paschim News

प्रकाशित : २०७५/४/१७ गते

कंगना रनौत बलिउडकी यस्ती अभिनेत्री हुन् जो आफ्नो मनको कुरा खुलेर मिडियासँग राख्न हिच्किचाउँदिनन् ।

 

आफ्नो यस्तो बानीले कहिलेकाहीँ उनलाई विवादमा पनि तानिदिन्छ ।हालै उनले बच्चा जन्माउने विषयमा बोल्ड अभिव्यक्ति दिइन् जसको बारेमा मिडियाहरुले अत्यधिक चर्चा गरिरहेका छन् ।

 

कंगनाले भारतको एउटा चर्चित अखबारसित आफूले यो वर्ष विवाह गर्न सक्ने बताइन् । साथै उनले यो पनि भनिन्, ‘त्यसो त बच्चा पैदा गर्न बिहे नै किन गर्नुपर्‍यो र रु’विवाह र सन्तानको विषयमा कंगना भन्छिन्, ‘हो, म यो वर्ष विवाह गर्ने विषयमा सोचिरहेकी छु ।

 

हामी जुन खालको दुनियामा बाँचिरहेको छौं, त्यहाँ डेटिङ गर्न एकदमै कठिन छ । म सम्वन्धलाई पूर्ण गम्भीरताका साथ अगाडि बढाउन चाहन्छु । यो वर्षको मार्चमा म ३० वर्षको हुनेछु र मलाई लाग्छ कि अब मैले बच्चा पाउनुपर्छ । यद्यपि, बच्चा पाउनका लागि विवाह गर्नैपर्छ भन्ने छैन । तर हाम्रो समाजमा यसलाई स्वीकार गरिदैन ।’‘एक्लै बाँच्न एकदम कठिन हुन्छ ।

 

खासगरी त्यतिबेला जब तपाईं परिवारबाट टाढा बस्नुहुन्छ । यस्तोमा कोही त्यस्तो व्यक्ति हुँदैन जोप्रति भरोसा गर्न सकियोस मलाई लाग्दैन कि विवाह र करिअर आपसमा जोडिएका छन् ।’

प्रतिकृया दिनुहोस्