Paschim News

न्यूज क्लब संवाददाता प्रकाशित : २०७५/४/१७ गते

काठमाडौं, १० कात्तिक ।

नेपालको राजनीतिलाइ लोकमान प्रकरणले निकै तताइरहेको बेला प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बेलुका प्रमुख दलका शीर्ष नेताहरुको बैठक बस्ने भएको छ । लोकमान प्रकरणलगायतका विषयमा छलफल गर्न शीर्ष बैठक बस्न लागेको बताइएको छ।

 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधन तथा संसद्मा पेस भएको लोकमानसिंह कार्कीविरुद्धको महाअभियोगलगायतका विषयमा परामर्श गर्न बैठक बोलाएका हुन्। बैठकको समय बेलुका छ बजे तय गरिएको छ।

 

प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार चक्रपाणी खनाल (बलदेव) ले प्रधानमन्त्रीले संविधान संशोधनलगायतका विषयमा मुख्य दलहरुसँग छलफल गरेर साझा दृष्टिकोण बनाउन बैठक बोलाइएको बताए।

 

लोकमानविरुद्ध एमाले र माओवादीका सांसदहरुले हस्ताक्षर गरे पनि सरकारमै रहेको अर्को दल कांग्रेसले औपचारिक निर्णय गरेको छैन । कांग्रेसको मौनताले गर्दा प्रधानमन्त्रीलाई समेत अप्ठ्यारो परेको छ ।

 

यो विषयमा प्रमुख दलका शीर्ष नेताहरु एकै ठाउँमा बसेर पहिलोपटक छलफल गर्न लागेका हुन् । लोकमान प्रकरण चर्किएपछि संविधान संशोधन आझेलमा परेको भन्दै मधेसी दलहरुले छठपछि कडा आन्दोलन गर्ने चेतावनी दिइरहेका छन् ।

 

यसबारेमा पनि दलहरुको धारणा बुझ्न र सहमति जुटाउन प्रधानमन्त्रीले शीर्ष बैठक बोलाएका हुन् ।

प्रतिकृया दिनुहोस्