Paschim News

प्रकाशित : २०७५/४/१८ गते

रुसको राजधानी मस्कोमा जारी विश्वकप फुटबलको सोमबारको खेलपछि जापान पनि बाहिरिएको छ ।

 

बेल्जियमले जापानलाई ३–२ गोल अन्तरमा पराजित गरेको थियो ।

 

मध्यान्तर अघिसम्म जापान र बेल्जियम दुबैले गोल गर्न नसकेकोमा दोस्रो हापमा दुई गोल गर्दै बेल्जियमले जापानी टोलीलाई पराजित गरेको थियो । यसपछि विश्वकपको क्वार्टरफाइनलमा पुग्ने जापान तेस्रो एसियाली मुलुक बन्ने सम्भावना लगभग पक्का जस्तो देखिएको थियो । तर केही समयपछि युरोपेली टोली बेल्जियमले खेल बराबरीमा ल्याउन सफल भयो ।

 

यस पछिको एक गोलले बेल्जियलाई विजय दिलायो ।आफूहरुले अग्रता लिएपछि पनि सफलता प्राप्त गर्न नसककोमा जापानी प्रशिक्षक अकिरा निशिनोले आफू स्तब्ध भएको बताउनुभएको छ ।

 

आगामी शुक्रवार अब बेल्जियमले पाँच पटक विश्वविजेता रहिसकेको ब्राजिलको सामना गर्नेछ ।

 

यसअघि सोमवार नै पहिलो चरणमा सम्पन्न प्रतियोगितामा मेक्सिकोलाई २–० गोल अन्तरले हराउँदै विश्वकपको एक प्रमुख दाबेदार मानिएको ब्राजिल क्वार्टरफाइनलमा पुग्न सफल भएको छ ।

प्रतिकृया दिनुहोस्