Paschim News

प्रकाशित : २०७५/४/१८ गते

विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत क्वाटरफाइनलका खेलहरु अाजबाट सुरु हुँदैछ ।

रुसमा जारी प्रतियोगितामा पहिलो क्वाटरफाइनल खेलमा विश्वकप पूर्वविजेता राष्ट्र उरुग्वे र फ्रान्स भिड्नेछन् । यो खेल नेपाली समयअनुसार साँझ ७ः४५ बजे हुने छ ।

त्यस्तै, शनिबार राति ७ः४५ बजे तेस्रो क्वाटरफाइनल खेलमा स्वीडेन र इङ्ग्ल्यान्ड तथा चौथो तथा अन्तिम खेलमा राति ११ः४५ बजे आयोजक रुस र क्रोयसिया आमनेसामने हुनेछन् ।

 

क्वाटर फाइनलका विजेता टोली विश्वकपको सेमिफाइनलमा पुग्नेछन् । सेमिफाइनल खेल असार २६ र २७ गते हुनेछ ।

प्रतिकृया दिनुहोस्