Paschim News

प्रकाशित : २०७५/४/१८ गते

उरुग्वेलाई २-० ले हराउँदै फ्रान्स विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार राति भएको खेलमा फ्रान्सलाई जिताउन राफेल भराने र एन्टोनी ग्रिजम्यानले गोल गरे ।

 

खेलको ४० औं मिनेटमा भरानेले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए । त्यसपछि ६१ औं मिनेटमा ग्रिजम्यानले गोल गर्दै टिमलाई सहज जित दिलाए । ग्रिजम्यानले डी एरिया बाहिरबाट प्रहार गरेको सट उरुग्वेका गोलकिपर फर्नान्दो मुस्लेराले राम्रोसँग क्लियर नगर्दा गोलपोस्टभित्र छिरेको थियो ।

 

उरुग्वेका भरपर्दा स्ट्राइकर इडिसन काभानी घाइते भएर आज खेल्न सकेका थिएनन् । जसको असर खेलमा प्रत्यक्ष देखिएको थियो ।

 

योसहित फ्रान्स विश्वकप फुटबलको सेमिफाइनलमा पुगेको छैटौं पटक हो । अब उसले फाइनल प्रवेशका लागि शुक्रबार राति हुने ब्राजिल र बेल्जियमबीचको खेलको विजेतासँग प्रतिस्पर्धा गर्नुपर्नेछ ।

प्रतिकृया दिनुहोस्