Paschim News

प्रकाशित : २०७५/४/१८ गते

विश्कप फुटबल प्रतियोगिता अन्तरगत रसियामा भएको फाइनल भिडन्तमा क्रोएसियालाई ४–२ गोलले पराजित गर्दै फ्रान्सले दोस्रो पटक उपाधि जितेको छ ।

 

पहिलो हाफमा २ गोल गरेको फ्रान्सले दोस्रो हाफमा २ गोल थप्दै ४–२ को जितसहित दोस्रो पटक उपाधि हासिल गरेको हो । फ्रान्सले यसअघि सन् १९९८ मा पहिलो पटक विश्वकप उचालेको थियो । पहिलो पटक फाइनलमा पुग्दै पराजित भएको क्रोएसियाले फ्रान्सविरुद्ध पहिलो र दोस्रो हाफमा १–१ गोल गर्न सफल भयो ।खेलको सुरुवातमै क्रोएसियाविरुद्ध फ्रान्सले अग्रता बनाएको थियो । खेलको १७ औँ मिनेटमा डी बक्स बाहिर पाएको फ्रि किक बललाई फा्रन्सले गोलमा परिणत गर्न सफल भएको हो ।

 

फ्रान्सले १९९८ पछि दोस्रो पटक च्याम्पियन बनेको हो । त्यसअघि पाउलो पोग्बाले गोल गर्दे फ्रान्सलाई विजयी नजिक पुर्याइसकेका थिए ।

 

डि बक्स भित्र क्रोएसियाका खेलाडीले हेन्ड गरेपछि अर्जेन्टाइन रेफ्री पिटानाले भीएआरको सहयोग लिएका थिए । भीएआरको सहयोगमा हेन्ड भएको देखिएपछि फ्रान्सले पाएको पेनाल्टीलाई गोलमा परिणत गर्दै अग्रता २–१ बनाएको हो ।

 

यसअघि १७ औँ मिनेटमा फ्रान्सले फ्रिकिकबाट गोल गरेको थियो भने २८ औँ मिनेटमा क्रोएसियाका पेरिसिकले सुन्दर गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याएका थिए ।

प्रतिकृया दिनुहोस्