Paschim News

प्रकाशित : २०७५/६/५ गते

तिर्यराज ज्ञवाली 
असोज , मसुरीया (दाङ)
राप्ती गाउँपालिका नेपालकै सबैभन्दा धेरै जनसंख्या भएको गाउँपालिका र कृषि तथा पशुपालनका लागि राम्रो क्षेत्रको रुपमा रहेको अवस्थामा राप्ती गाउँपालिकाले वडा गत रुपमा कृषि तथा पशुपालन पकेट क्षेत्रका रुपमा विभिन्न वडा हरुलाई विकास गरिरहेको तथा खास गरि सबै वडाहरु पशुपालनको लागि उपयुक्त भएपनि खास गरि दुग्घ उत्पादनको लागि वडा नं ४ र बाख्रा पालनका लागि वडा नं ९ लाई प्राथमिकतामा राखीएको राप्ती गाउँपासिलका अध्यक्ष नुमानन्द सुबेदिले बताउनु भएको छ ।

केन्द्र सरकार , प्रदेश सरकार तथा स्थानिय सरकारले कृिष क्षेत्रका लागि धेरै बजेट छुट्याएको अवस्था छ । केहि कृषकहरुमा राज्यले प्रदान गर्ने अनुदान सहयोग उन्नत जातका पशुपंक्षि लगायतका सुविधाहरु प्राप्त गर्ने सुविधाहरको बारेमा जानकारी नहुनु र केहि कृषकहरुले सुविधा प्राप्त गर्नका लागि मात्र पशुपंक्षि पालन गर्नुले पनि सरकारी रकमको दुरुपयोग भएको पाईएको हुदा अनियमितता रोक्न तथा सबै पशुपालक कृषकहरुलाई ब्यवसायिक रुपमा पशुपालन गरि सरकारी सेवा तथा सहयोगमा पहुच पुराउन राप्ती गाउँपालिका लागिरहेको राप्ती गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत जगत प्रसाद भुसालले जानकारी दिनुभएको छ ।

अहिलेको समयमा ब्यवसायिक रुपमा पशु पंक्षि पालनलाई अगाडी बडाउन र राज्यले प्रदान गर्ने सेवा सुविधा प्राविधिक ज्ञानका बारेमा स्थानिय , प्रदेश र केन्द्र सरकारका कार्यक्रमका बारेमा जानकारी प्राप्तगर्न सबै कृषकका लागि आवस्यक रहेको प्रमुख प्रशासकिय अधिकृत भुसालले बताउनु भएको छ ।

राप्ती गाउँपालिकाको तेस्रो गाउँ सभा वाट राप्ती गाउँपालिका पशु सेवा शाखा मार्फत पशु पंक्षि पालकहरुको आय आर्जनमा बृद्धिहुने खालको कार्यक्रम स्वीकृत भई अगाडि बढाईएको राप्ती गाउँपालिका पशु सेवा शाखा संयोजक हेमराज आचार्यको भनाई छ ।

राप्ती गाउँपालिकामा पशुपालक कृषकको लागि पशु सेवा कार्यविधिको परिधिमा रहेर अनुदान, राहत तथा सहकार्यको कार्यक्रम सञ्चालन गरिएको आचार्य बताउनुहुन्छ ।  उन्नत तथा स्थानिय जातका पशु पालन गर्दै आएका पशुपालक कृषकहरुलाई राप्ती गाउँपालिका पशु सेवा शाखाले ब्यवसायीक पशुपालनको निम्न ज्ञान भएका, मध्यम ज्ञान प्राप्त गरेका र ब्यवसायीक पशुपालनको निम्न ज्ञान भएका, ब्यवसायीक पशु संक्षि पालन गर्दै आएका गरि तिन प्रकारका कृषकको रुपमा विभाजन गरि सेवा दिईरहेको पशु सेवा प्राविधिक शेर बहादुर हमालको भनाई रहेको छ ।
राप्ती बासी तिन प्रकारका पशुपालकहरुको फाईदाका लागि यस आर्थिक वर्षमा पशु सेवा शाखाले घुम्ती पशु स्वास्थ्य शिविरको रुपमा घरमै गएर पशुहरुको चेकजाच थालेको हमालको भनाई रहेको छ

आर्थिक वर्षको सुरुवातसंगै राप्ती गाउँपालिका पशु सेवा शाखाले प्रथम चरणमा वडा नं ५, ६ , ७ र ८ मा निशुल्क पशु स्वास्थ्य शिविर तथा पशु बंन्ध्याकरण कार्यक्रम सञ्चालन गरेको पशु सेवा प्राविधिक शेर बहादुर हमाल बताउनु हुन्छ ।

राप्ती गाउँपालिकामा पशुपालक कृषकको उन्नति प्रगतिका लागि लक्ष्य अनुसार काम गर्न सकियोस भनि कृषक समुह समेत गठन गरिएको छ । राप्ती गाउँपालिका क्षेत्रमा कृषी तथा पशुपालनलाई संग संगै लैजाने उदेश्यका साथ बंगुर पालन, कुखुरा पालन , बाख्रा पालन तथा एकीकृत गाई भैसि पालन समुहहरु गठन गरिएको पशु सेवा प्राविधिक राज विक्रम चौधरी बताउनु हुन्छ ।


राप्ती गाउँपालिकामा पशुपालक कृषकको सहजताका लागि १५ देखी २० जना कृषकहरु समेटेर एउटा समुह गठन गरिने र पशु तथा पंक्षि पालकहरुलाई विषयगत रुपमा विभिन्न कार्यक्रम प्रदान गर्न सहज होस भनेर आठ वटा बंगुर पालन समुह, अठार वटा बाख्रा पालन समुह, दुई वटा गाई भैसी पालन समुह र दुई वटा कुखुरा पालन समुह तथा सहकारी समेत गठन गरि सक्रिय रुपमा काम गरिरहेको पशु सेवा प्राविधिक चौधरीको भनाई छ ।

राप्ती गाउँपालिका पशुसेवा शाखाले राप्ती गाउँपालिकाका पशुपालकहरको सुविधाका लागि पशुहरुमा निशुल्क रुपले कृतिम गर्भाधान सेवा लाई थप प्रभावकारी बनाउन थप चारजना प्राविधिक समेत खटाईएको पशुसेवा शाखाका पशु सेवा प्राविधिक राज विक्रम चौधरीले जानकारी दिनुभएको छ ।

गाई, भैसीमा उन्नत नश्लको कृतिम गर्भाधानका लागि सहज र सरल होस भनि चार पाराभेट तिलक अधिकारी, कृष्ण बहादुर विष्ट, सोम प्रसाद चौधरी र हिरालाल चौधरी वाट गरिनेहुदा राप्ती वासी पशुपालकले पाएक पर्ने ब्यक्तिवाट सेवालिन राप्ती गाउँपालिका पशुसेवा शाखा प्रमुख हेमराज आचार्यले नागरिकहरुमा अनुरोध गर्नु भएको छ

प्रतिकृया दिनुहोस्