Paschim News

न्यूज क्लब संवाददाता प्रकाशित : २०७५/५/१२ गते

नुवाकोट । रसुवागढीबाट –काठमाडौँसम्म  रेलमार्गको निर्माणका लागि चिनियाँ प्राविधिक टोलीले पूर्व सम्भाव्यता अध्ययन पूरा गरेको छ ।

यही जेठ ६ गते काठमाडौँबाट नेपालीसहितको चिनियाँ प्राविधिक टोलीले नुवाकोटको त्रिशूली हुँदै रसुवाको रसुवागढी (टिमुरे)बाट केरुङसम्मको अध्ययन पूरा गरेको रेल विभागका सिनियर डिभिजनल इञ्जिनियर प्रकाशभक्त उपाध्यायले जानकारी दिनुभयो ।

विभागका महानिर्देशक अनन्त आचार्यको नेतृत्वमा रहेको टोलीले चीनबाट नेपालमा ल्याउने रेलमार्गको सम्भाव्यता अध्ययनका क्रममा काठमाडौँबाट नुवाकोटको त्रिशूली हुँदै केरुङसम्मको भौगर्भिक अध्ययन, भूगोलको बनावट, रेखाङ्कनको अवस्थासहितको सम्भाव्यता  प्रतिबेदन तयार गर्नेछ । 

प्रतिबेदन आगामी असोजसम्म बुझाउने तयारी भएको उपाध्यायले बताउनुभयो । 

प्रतिकृया दिनुहोस्