Paschim News

प्रकाशित : २०७५/६/१५ गते

इन्टरनेटको प्रयोग सँगै थुप्रै कुराहरुको विकास भयो । तर मानिसहरुको सोचमा उही कुरा छ अझै । उही आचरणले छोडेको छैन ।

हामी सम्झने गर्दछौ कि सबै जना हामी जस्तै सोझो अनि इमान्दार हुन्छन् । तर वास्तवमा संसार यस्तो छैन । सबैको कुराको सहजतासंगै थुप्रै प्रतिकुलता पनि जन्मिसकेको छ ।

यो त भयो केही जीवनशैलीको बारेमा । अब लागाै हाम्रै प्रशंग तिर । च्याट अर्थात् अनलाईनमा कुराकानी हुने माध्यम चाहे त्यो अक्षर च्याट होस् या अडियो वा भिडियो च्याट नै किन नहोस् । च्याट गर्ने बानी सबैको छ अहिले झन् झन् आज भोलि त भिडियो च्याटले गर्दा मानिसहरु आफुलाई निकै माथि पुगेको र नजिक भएको महसुस गर्दछन । के तपाईले कहिले सोच्नु भएको छ यसपछिको कुरा ?

तपाईको च्याटकोसंग अर्थात् कस्तो प्रकारको व्यक्तिसंग भएको छ भन्ने कुराको ख्याल राख्नुहोस ।

आज भोलि अनलाईन मार्फत थुप्रै घटनाहरु घटिरहेका छन् ।

खास गरि कुनै कुनै व्यक्तिहरुले तपाईको व्यक्तिगत कमजोरीलाई नै आधार बनाई तपाईको दुरुपयोग गरिरहेको हुन्छ । च्याट गर्दा गर्न नहुने कुरा हरु यस्ता छन्ः

१. नचिनेको मान्छेलाई सबै विवरण नदिनुस् । च्याट गर्दा तपाईसंगको कुरा गर्दै छ र कस्तो प्रकारको मान्छे बोल्दै छ त्यो हेक्का हुन आवश्यक छ किनभने एकछिनको कुराकानी त हो भन्ने सोच्नु भएको छ भने यो तपाई गलत हुन सक्नु हुन्छ । सबै मान्छे तपाईसंग कुरा गर्न पाउँदा खुसि भएको हुदैन र तपाईको हालखबर सोध्नलाई मात्र तपाईसंग कुरा गरिरहेको हुदैन । हरेक कुराको पछाडी एक न एक कारण अनि स्वार्थ लुकेको हुन्छ यो कुरालाई सधै मध्यनजर गर्नुहोस् तर ध्यान राख्नुहोस् कि तपाईको आफ्नै परिवार भित्र भने यो कुराको लागु नहुन सक्छ ।

२. भिडियो च्याट नगर्नुहोस् । भिडियो च्याट नगर्नुहोस सकेसम्म किन कि भिडियो च्याटले तपाईलार्इ अर्काे मानिस कहाँ दुरुस्तै देखाउने हुँदा यदि गलत मनसाय भएको व्यक्ति छ भने त्यसलाई तपाईको बारेमा जान्ने अवसर मिल्दछ र गलत फाइदा उठाउन सक्दछ । सकेसम्म तपाईको भिडियो च्याट नितान्त व्यक्तिगत होस् ।

३. आफ्नो ठाउँको बारेमा कसैलाई नभन्नुहोस् । तपाईको सही ठाउँको बारेमा खुलासा नगर्नुहोस किनकि तपाईले अनलाईनमा चिनेको भरमा तपाईले तुरुन्तै बिश्वास गर्नु हुदैछ भने त्यो गलत हो । हुन त सबै मान्छे गलत हुन्छन भन्ने पनि छैन । तर हामी गलत मानिसहरुबाट सधै जोगिन कोसिस गर्नु पर्छ ।

४. आफ्नो पारिवारिक विवरण नदिनुहोस् अनलाईनबाट चिनेकाहरुसँग आफ्नो विवरण त दिनु भयो भयो अरुको अर्थात् आफ्ना परिवारका सदस्यको बारेमा कुनै जानकारी नदिनुहोस किन भने तपाईको परिवार प्रति पनि गलत मानिसको नजर हुन सक्दछ ।

 च्याटका बेफाइदाहरु यसप्रकार छन्ः

 हामीलाई थाहा छ कि च्याटका फाइदाहरुका बारेमा तर च्याटका बेफाइदाहरुको बारेमा पनि केहि जान्नु आवश्यक छ ।

१. च्याटले तपाईलाई दिक्ष्ण होइन ढिलो गराउछ । च्याट गर्दा धेरै समय खर्च हुने हुँदा र हरेक शब्द शब्दमा अल्झिएर बुझ्नु पर्ने हुँदा च्याटले तपाईको समय नस्ट त गर्छ गर्छ तर त्यसले तपाईलाई रियल लाइफको जस्तो आनन्द अनि सकुसल बनाउदैन ।

२. अध्ययन तथा काममा बाधा । च्याट गर्ने बानीले तपाईको दैनिक जीवनमा प्रभाव पार्दछ । अर्थात् तपाईको दैनिकी तपाइले भने अनुसार चलाउन सक्नु हुन्न किनकि च्याटले तपाईलाई उता ध्यान तानिरहेको हुन्छ । सधै अध्ययन अध्यापन गर्ने व्यक्तिको सुचीमा तपाई पर्नु हुन्छ भने त झनै ख्याल राख्नुहोस किन भने तपाईलाई च्याटको लतले तपाईको कममा निकै नै घाटा दिलाउछ ।

३. स्वास्थ्यमा समस्या । च्याटको निरन्तर प्रयोगले तपाईलाई स्वास्थ्यमा समस्या निम्त्याउछ किनभने च्याट गर्दा गहन भएर गहिरियर हेर्नु पर्ने हुन्छ । आँखालाई बिशेष असर पर्दछ । एकोहोरोपना अनि एकोहोरो ध्यानले तपाईको आँखालाई क्षति अनि दिमाखलाई असर हुन्छ । 

अतः च्याट गर्दा विशेष ध्यान दिने गराैं ।

प्रतिकृया दिनुहोस्