Paschim News

प्रकाशित : २०७५/६/२३ गते

कञ्चनपर भीमदत्तनगरकी १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछिको हत्या प्रकरणमा अनुत्तरित रहेका १४ प्रश्नको जवाफ उच्चस्तरीय छानविन समितिले समेत नखोजेपछि आक्रोश बढेको छ ।

एक बालिकाको बलात्कारपछि हत्या भएको झण्डै तीन महिना पुग्न लाग्दा र प्रहरीले नै त्यतिधेरै प्रमाणहरू नष्ट गराउँदा पनि किन कारबाही गरिएन विषय अनुत्तरित बनेका छन ।

हत्यारा पत्ता लगाउन भन्दा पनि संरक्षमा गृह प्रशासन सफल बनेको प्रतिवेदनले देखाउँछ ।

अनुत्तरित यी हुन् १४ प्रश्नहरूः

१. किरणले १० साउनमा आफ्नो जन्मदिन भनेर ठगे ? उनकी दिदी पार्वतीले किन जन्मदिन शुभकामना ट्याग गरिन ?
२. साजन र किरण त्यो रात किन सँगै थिए ? उनीहरुसँग अरु कोको थिए ?
३. एसपी विष्टको कल डिटेल किन हेरिएन त्यस दिनको ?
४. सई डिकरदेव पन्त कहाँ थिए १० साउन राति ? किन आफै गए उनी शव पाइएको ठाउँमा ? १० साउनको उनको कल डिटेल किन हेरिएन ? के सम्बन्ध थियो डिकर र किरणको ?
५. अम्बाको रुख काट्नुको अर्थ के हो ? दाउरा कहाँ छ त्यो रुखको ?
६. किताबै भिजेको छैन तर प्रहरी अधिकारी त्यही ठाउँमा बलात्कार र हत्या हो भनिरहेका छन् । किन ?
७. शिशिर ठगुन्ना र ऐश्वर्या विष्टको बयान खोई ?
८. सीसीटभिी क्यामेरा (ओपरा र बजारको)काबारेमा किन बोलिएन ?
९. बम परिवारले विष्ट बाबुछोरालाई नचिनेको हावादारी गफ किन पत्याइयो ?
१०. भजाइनल स्वाबमा बीर्य नै नपाइएको हो भने किन दिलिप, डिल्ली, किरण र आयुषको डिएनए मिलेन भनियो ?
११. प्रहरीले यति ठूलो गल्ती गर्दासमेत किन फौजदारी अभियोग सिफारिस नगरी विभागीय कारबाही मात्रै सिफारिस गरियो ?
१२. अंगुर जिसीले किन कुकुर परिचालन गरेनन् ? खोलापारी सम्भव नभए पनि नभिजेका किताबबाट कुकुर परिचालन गर्न सकिने थियो । किन गरिएन ?
१३. अम्बालाई प्रमाणमा सामेल नै नगर्नु र अम्बाको रुख काटिनु संयोग मात्रै हो र ?
१४. खल्ती नै नभएको सुरुवालको खल्तीबाट दिलिपले २० रुपैयाँ झिेको भन्दै सुनाएको कहानीको रचयिता को थिए ? किन सोधिएन त्यो कहानी घोक्न लगाउनेका बारेमा दिलिपलाई ?

प्रतिकृया दिनुहोस्